default_image

8 years ago

May 3, 2018

जर्मन गोलरक्षक नोयर विश्वकपका लागि फिट हुन संघर्षरत

95 views

0 Bookmark

म्युनिख (एजेन्सी) – बायर्न म्युनिख तथा जर्मनी राष्ट्रिय फुटबल टोलीका गोलरक्षक म्यानुएल नोयर चोटका कारण ७ महिनादेखि मैदानबाहिर छन् । गत सेप्टेम्बर महिनामा खुट्टामा चोट बोकेपछि विश्राममा रहेका नोयरले विश्वकपमा भने पुनरागमन गर्ने आशा गरिएको थियो । तर अझैसम्म बायर्नका लागि पुनरागमन नगरेका नोयरले विश्वकप खेल्न थप संघर्ष गर्नुपर्ने देखिएको छ ।

नोयरको अनुपस्थितिमा बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिडसँग समग्रमा ४-३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । उनको स्थानमा खेलिरहेका गोलरक्षक स्वेन अलरीचले गम्भीर गल्ति गर्नु नै खेलको टर्निङ पोइन्ट रहेको थियो । खेल बराबरीमा रहेको अवस्थामा उनको गल्तीमा करीम बेन्जेमाले गोल गर्दै खेलमा रियललाई अग्रता दिलाएका थिए । त्यसपछि बायर्नले गोल फर्काएपनि नतिजा उल्टाउन सकेन ।

बायर्नका अध्यक्ष कार्ल हाईन्ज रुमिनेजले नोयरको पुनरागमनको लागि योजना तयार भएपनि यकिन मिति भन्न नसकिने बताए । ‘म यकिन मिति भन्न सक्दिन तर प्रशिक्षक हाइन्कस र नोयरले योजना बनाइरहेका छन् । म् हस्तक्षेप गर्ने पक्षमा छैन । उनले लगातार आफ्नो फिटनेस सुधार गरिरहेको सूचना पाएको छु र आशा गरौं उनि छिट्टै मैदानमा फर्कने छन्,’ अध्यक्ष रुमिनेजेले भने ।

बुन्डेसलिगामा अझै दुई चरणका खेल बाँकी रहेको अवस्थामा बायर्नले नोयरलाई मैदानमा उतार्ने सम्भावना रहेको छ । विगत केहि सातादेखि प्रशिक्षणमा फर्किएका नोयरले अभ्यास खेलमा समय बिताएपनि शत प्रतिशत फिट भने नभएको जानकारी क्लबले दिएको छ । उनले आगामी दुई खेलमा भने खेल्न सक्नेछन् ।

जर्मनीको राष्ट्रिय टोलीको प्रारम्भिक नामावली मे १५ तारिखमा सार्वजनिक हुने कार्यक्रम छ । राष्ट्रिय टोलीका प्रशिक्षक जोकिम लोले पनि नोयरको फिटनेसलाई लिएर केहि आशा देखेका छन् । उनले नोयरलाई प्रारम्भिक छनोटमा संलग्न गरेर प्रशिक्षणमा उनको प्रदर्शन हेर्ने बताए । चोट बोक्नुअघि नोयर क्लब र राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक थिए । उनको अनुपस्थितिमा बार्सिलोनाका मार्क आन्देर टेर स्टेगनले गोलरक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.