8 years ago
May 3, 2018
किभ (एजेन्सी)– इङ्लिस क्लब लिभरपुलले सेमिफाइनलमा रोमालाई समग्रमा ७–६ ले पराजित गर्दै रियल म्याड्रिडसँग फाइनलमा स्थान बनाएको छ । रियलले भने बायर्न म्युनिखलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
बलियो दाबेदार स्पेनको रियल र प्रिमियर लिगमा इतिहासमा सुनौलो नाम राखेको लिभरपुलको च्याम्पियन्स लिगमा पहिलो भेट भने होइन । न त क्लब फुटबलको सर्वोकृष्ट प्रतियोगिताको फाइनलमा पहिलो पटकको भेट हो ।
यसअघि युरोपियन कपको नामले चिनिने यस प्रतियोगिताको फाइनलमा सन् १९८०र८१ सिजनमा यी दुई क्लब भेटेका थिए। लिभरपुलले रियललाई १-० ले स्तब्ध पार्दै उक्त प्रतियोगिताको उपाधि जितेको थियो। लिभरपुलका पूर्व प्रशिक्षक तथा महान स्ट्राइकर केनी डाल्गिसको एकमात्र गोलमा लिभरपुल विजयी भएको थियो।
त्यसबाहेक लिभरपुल र रियलले च्याम्पियन्स लिगका अन्य ४ खेलमा प्रतिस्पर्धा गरेका छन्। जसमध्ये रियलले २ तथा लिभरपुलले २ खेल जितेका छन्। यसअघि ब्रेन्डन रोजर्सको प्रशिक्षणमा रहँदा पहिलो पटक प्रिमियर लिगको उपाधि जित्नबाट बन्चित हुँदै च्याम्पियन्स लिगमा स्थान बनाएको लिभरपुलले समूह चरणमा रियलसँग दुवै खेलमा पराजित भएको थियो ।
घरेलु मैदान एन्फिल्डमा ३(० ले पराजित लिभरपुल रियलको घरेलु मैदान बर्नेबाउमा १-० ले पराजित भएको थियो। त्यस्तै त्यसअघि २००८/०९ को सिजनमा लिभरपुलले रियललाई नकआउट चरणको दुवै होम र अवे लेगमा पराजित गरेको थियो।
रियल आफ्नै घरेलु मैदानमा पहिलो लेगमा ०(१ ले पराजित भएको थियो भने दोस्रो लेगमा कप्तान स्टेभेन जेरार्डको दुई गोलको मद्दतमा लिभरपुलले ४-० को फराकिलो जित हासिल गरेको थियो। यो सिजन रियल लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्ने पहिलो टोली बन्ने प्रयासमा रहनेछ, त्यस्तै लिभरपुल पनि २००५ यता पहिलो पटक च्याम्पियन्स लिग जित्ने प्रयासमा हुनेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]