default_image

8 years ago

May 4, 2018

आर्सनललाई हराउँदै एटलेटिको म्याड्रिड फाइनलमा

557 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – इंग्लिस क्लब आर्सनललाई समग्रमा २-१ ले पराजित गर्दै स्पेनिस टोली एटलेटिको म्याड्रिड युरोपा लिगको फाइनलमा पुगेको छ । बिहीबार एटलेटिकोले घरेलु मैदानमा भएको दोस्रो लेगमा १-० को जित दर्ता गर्दै उपाधि भिडन्तको लागि स्थान पक्का गरेको हो । गत साता भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

चेल्सीका पूर्व-खेलाडी डिएगो कोस्टाले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै निर्णायक सावित भयो । एन्टोइन ग्रिज्मनको पासमा कोस्टाले कठिन एंगलबाट प्रहार गरेको सट गोलमा परिणत भएको थियो । आर्सनलले खेल अवधिभर गोलमा जम्मा एकपटक प्रहार गर्यो । तुलनात्मक रुपमा औसत भन्दा तलको प्रदर्शन गरेको आर्सनलले छाड्न लागेका प्रशिक्षक आर्सेन वेंगरलाई सुखद बिदाइ दिन सकेन ।

यस पराजयसँगै आर्सनलले लगातार दुई सिजन च्याम्पियन्स लिग फुटबल नखेल्ने पक्का भएको छ । वेंगरले यसअघि आर्सनलमा सुखद बिदाइ लिने बताउँदै आएका थिए । तर आर्सनलका लागि २ सय ५० औं युरोपियन खेलको जिम्मेवारी लिइरहेका वेंगरले फाइनलसम्म पुर्याउन असमर्थ रहे । आर्सनलको हारमा डिफेन्डर लौरेन्ट कोसिएल्नीको चोटले थप पिडा दिएको छ ।

अर्को सेमिफाइनल खेलमा फ्रान्सेली क्लब मार्सेले अस्ट्रियाको साल्जबर्गलाई इन्ज्युरी समयको गोलको मदतले पराजित गर्यो । खेलको १ सय १६ औं मिनेटमा पोर्चुगलका डिफेन्डर रोलान्डोले गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्याएका थिए । समग्रमा मार्से ३-२ ले विजयी हुँदै उपाधि भिडन्तमा स्थान बनाउन सफल रहयो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.