default_image

8 years ago

May 4, 2018

रोलान्डोको गोलसँगै मार्से युरोपा लिग फाइनलमा

120 views

0 Bookmark

अस्ट्रिया (एजेन्सी) – फ्रान्सेली क्लब मार्सेले अस्ट्रियाको एफसी रेडबुल साल्ज्बर्गलाई ३-२ ले पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ । अतिरिक्त समयको १ सय १६ औं मिनेटमा पोर्चुगिज डिफेन्डर रोलान्डोले मार्सेका लागि विजयी गोल गरेका थिए ।

पहिलो लेगमा २-० को अग्रता लिएको मार्सेले बिहिबार भएको दोस्रो लेगमा उक्त अग्रता गुमाएको थियो । घरेलु टोलीका लागि अमडु हाइडाराले ५३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए । त्यसको १२ मिनेटपछि मार्सेका बोउना सारले आत्मघाती गोल गरेपछि खेल २-० को स्थितिमा आयो ।

समग्रमा २-२ को बराबरी हुँदा निर्धारित ९० मिनेटको समय सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा लम्बियो । अतिरिक्त समयको ४ मिनेट समय रहँदा डिमीट्री पायटको कर्नरमा रोलान्डोले गोल गर्दै मार्सेलाई फाइनल पुर्याए । मार्सेले फाइनलमा स्पेनी क्लब एटलेटिको म्याड्रिडको सामना गर्नेछ । खेल फ्रान्सको लियोनमा मे १६ तारिखमा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.