default_image

8 years ago

May 4, 2018

विश्वकप अगाडी फ्रान्सलाई ठुलो झट्का

131 views

0 Bookmark

पेरिस (एजेन्सी) – रसियामा अबको ६ सातामा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल सुरु हुँदैछ । तर उपाधिको दावेदार मानिएका टोलीमध्येको फ्रान्सलाई भने विश्वकपका लागि ठुलो झट्का लागेको छ । टोलीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएका डिफेन्डर लौरेन्ट कोसिएल्नीले चोटका कारण विश्वकप गुमाउने सम्भावना बढेको छ ।

बिहीबार भएको युरोपा लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा आर्सनलका डिफेन्डर कोसिएल्नीले खुट्टामा गम्भीर चोट बोकेका छन् । उनको चोटको गम्भीरता हेर्दा उनले विश्वकपसम्म फिट नहुने प्रारम्भिक अनुमान गरिएको छ । आर्सनलले १-० को हार बेहोरेको खेलको सुरुआतमै उनले चोट बोकेका थिए । चोटको पिडामा निकै दुखित देखिएका उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लागिएको थियो ।

आर्सनल प्रशिक्षक आर्सेन वेंगरले चोटका कारण उनको विश्वकप सम्भावना निकै न्यून रहेको बताएका छन् । ‘उनको खुट्टामा गम्भीर चोट लागेको देखिन्छ । अब प्रारम्भिक परिक्षण गरेपछि मात्र यकिन गरेर यहि हो भन्ने अवस्था छ । यदि हामीले अपेक्षा गरे अनुसारकै चोट हो भने उनले विश्वकप खेल्ने सम्भावना छैन । हामी परिक्षणमा केहि सकारात्मक नतिजा आउँछ भन्ने आशामा त छौं तर चोट निकै खराब थियो,’ फ्रान्सेली प्रशिक्षक वेंगरले सुनाए ।

फ्रान्सेली राष्ट्रिय टोलीका लागि ५१ खेल खेलिसकेका कोसिएल्नीले विश्वकप सकिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने सोच बनाएको बुझिएको थियो । तर अब चोटका कारण विश्वकप गुमाउने भएपछि उनले उक्त निर्णयलाई केहि समय पछि सार्न सक्नेछन् । फ्रान्सले विश्वकपको समूह सी मा अस्ट्रेलिया, पेरु र डेनमार्कको सामना गर्दैछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.