default_image

8 years ago

May 4, 2018

लिभरपुलका लेजेन्ड जेरार्ड रेन्जर्सको प्रशिक्षक नियुक्त

123 views

0 Bookmark

ग्लास्को (एजेन्सी) – लिभरपुलका महान मिडफिल्डर स्टेभन जेरार्ड स्कटिस लिगमा रेन्जर्स फुटबल क्लबको प्रशिक्षक नियुक्त भएका छन्। रन्जर्सले ४ वर्षे सम्झौतामा जेरार्डलाई नियुक्त गरेको हो। 

Gerrard

आफ्नो घरेलु टोली लिभरपुल फुटबल क्लबको एकेडेमीबाट प्रशिक्षण सुरु गरेका जेरार्डले जुन १ बाट रेन्जर्सको जिम्मेवारी सम्हाल्ने छन्। रेन्जर्स हाल स्कटिस लिगको तेस्रो स्थानमा छ। ‘मलाई प्रशिक्षणको प्रस्ताव आएपछि मैले दोहोर्याएर सोच्नु परेन’, जेरार्डले भने, ‘म क्लबका खेलाडीलाई भेट्न आतुर छु।’

जेरार्डले लिभरपुल एकेडेमीको प्रशिक्षकबाट राजिनामा दिएका छन्। लिभरपुलसँगको लामो यात्रा पछि दुई सिजन एलए ग्यालक्सीमा बिताउँदै जेरार्डले खेल जीवनलाई विश्राम दिएका थिए।

स्कटिस लिगमा शीर्ष स्थानमा रहेको सेल्टिकमा जेरार्डका लिभरपुलमा रहँदाका पूर्व प्रशिक्षक ब्रेन्डन रोजर्स पनि छन्। लिभरपुलबाट निष्काशित रोजर्स त्यसयता सेल्टिकलाई सम्हाल्दै छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.