default_image

8 years ago

May 5, 2018

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित

161 views

0 Bookmark

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार ब्राइटन एण्ड होभ अाल्बियनले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको छ । खेलको दोस्रो हाफमा पास्कल ग्रसले गरेको गोल निर्णायक सावित भयो ।

मिडफिल्डर मराउने फेलाइनीले सुरुवातमै युनाइटेडलाई अग्रता दिलाएपनि रेफ्री अफसाइड दिएपछि खेल गोलरहित रह्यो । घरेलु टोली ब्राइटनको तुलनामा बलमा धेरै पकड बनाएको युनाइटेडले अाक्रमण गर्न भने सकेन । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

दोस्रो हाफको ५८ अौं मिनेटमा ब्राइटनका ग्रसले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । उनले जोसे एज्केर्डोको पासलाई सदुपयोग गर्दै गोल गरे । उनको प्रहार डिफेन्सले गोललाइन नजिकबाट क्लियर गरेपनि रेफ्रिले गोललाइन सिस्टमको सहारा लिँदै गोल मानेका हुन् ।

 

यस नतिजासँगै युनाइटेड अंक तालिकाको दोस्रो स्थानमा ७७ अंक जोड्दै कायम छ । समान ३६ खेलमा ७२ अंक जोडेको लिभरपुल तेस्रो तथा ३५ खेलमा ७१ अंक रहेको टोटेनहम चौथोमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.