8 years ago
May 6, 2018
बार्सिलोना (एजेन्सी) – सिजनको अन्तिम एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा खेल्दैछ। यो सिजन ला लिगामा बार्सिलोनाले हार बेहोरेको छैन। स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई छ।
यस खेलको नतिजाले लिगमा सायदै कुनै फरक पार्ला। बार्सिलोनाले ला लिगाको उपाधि कब्जा गरिसकेको छ भने रियल म्याड्रिडले शिर्ष तीनमा स्थान लगभग पक्का बनाई सकेको छ। तर दुई टोलीबीचको लामो इतिहासका कारण दुवै टोलीले जितका लागि हरसम्भव प्रयास गर्ने पक्का छ।
बार्सिलोना ला लिगाको इतिहासमा पहिलो पटक कुनै पनि खेलमा अपराजित रहँदै लिग अन्त्य गर्ने प्रयासमा छ। तर यो लक्ष्यमा मुख्य बाधक रियल म्याड्रिड हुनेछ।
यस सिजनमा अघिल्लो ४ एलक्लासिकोमा दुवै टोलीको नाममा २ जित छन्। स्पेनिस सुपरकपका दुवै लेगमा रियलले बार्सिलोनालाई पराजित गरेको थियो भने प्रिसिजन खेलमा इन्टरन्यासनल च्याम्पियन्स कपमा रियललाई पराजित गरेको बार्सिलोनाले ला लिगाको अघिल्लो खेलमा रियलकै घरेलु मैदानमा जित हासिल गरेको थियो। रियल त्यसको बदला लिने प्रयासमा रहनेछ।
ला लिगा अन्तर्गत रियलले बार्सिलोनालाई पछिल्लो ३ खेलमा पराजित गरेको छैन। तर इतिहास हेर्नेहो भने २ सय ३६ भेटमा रियलले ९६ र बार्सिलोनाले ९२ खेल जितेको छ।
बार्सिलोनाका लागि एन्द्रे इनियेस्टाको यो अन्तिम एल क्लासिको हुनेछ। सिजनको अन्त्यमा बार्सिलोनासँगको लामो सहकार्य अन्त्य गर्ने जानकारी दिएका इनियेस्टाले रियल विरुद्ध बार्सिलोनाको जर्सीमा अन्तिम पटक खेल्दै छन् । रियलका लागि भने ड्यानि कार्भाहलले यो खेल गुमाउने पक्का छ। च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखविरुद्ध चोट बोकेका उनी त्यसयता फिट भएका छैनन्।त्यस्तै इसको र राफेल भरान पनि खेल्न नसक्ने सम्भावना छ।
खेल नेपाली समयानुसार आज राती १२ :३० बजे सुरु हुनेछ। कसले जित्ला त सिजनको अन्तिम एल क्लासिको ? कमेन्ट गर्नुहोला।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]