8 years ago
May 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) –जुलाई १३, १९३० मा फुटबलमा नयाँ प्रतियोगिता सुरु गर्ने योजनाले पूर्ण रुप पायो । योसँगै विश्वकप फुटबलको जन्म भएको थियो ।
१९३० विश्वकप उरुग्वेमा आयोजना भएको थियो । आयोजक टोलीले नै पहिलो विश्वकपको उपाधि पनि जित्यो । अर्जेन्टिनालाई फाइनलमा ४–२ ले पराजित गर्दै उरुग्वेले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

१९३० विश्वकप विजेता टोली
पहिलो पटक विश्वकपको आयोजना गर्न ५ राष्ट्रले निवेदन दिएका थिए । इटाली, स्विडेन, नेदरल्याण्ड्स र स्पेनले प्रथम विश्व कप आयोजना गर्न फिफा समक्ष माग गरेका थिए । तर उरुग्वेको स्वतन्त्रताको १ सय वर्षको उपलक्ष्यलाई मध्यनजर गर्दै फिफाले उरुग्वेलाई यो अवसर दिएको थियो ।
त्यो विश्वकपमा १३ राष्ट्रको सहभागिता थियो । सहभागी टोलीलाई सामेल गर्न फिफालाई चुनौती थियो । दक्षिण अमेरिकासम्म लामो दुरीको यात्रा तय गर्नुपर्ने भएकाले ४ युरोपेली राष्ट्रले मात्र सहभागिता जनाए । त्यस्तै एसिया र अफ्रिकाबाट कुनै पनि राष्ट्रको सहभागिता रहेन। त्यसैले पनि पहिलो विश्वकपको योजना सोच अनुरुप भएन ।
उरुग्वेको राजधानी मोन्टेभिडियोमा सम्पन्न ड्रमा उरुग्वे, ब्राजिल, अर्जेन्टिना र अमेरिकालाई भिन्न समूहमा राख्दै समूह चरणको प्रतिस्पर्धाको ढांचा तयार गरियो । १९३० को विश्वकप एक मात्र त्यस्तो विश्वकप हो जसमा सहभागी टोलीले छनोट चरण पार गर्नु परेन।
समुद्री बाटो हुँदै फ्रान्स उरुग्वे पुगेको थियो
करिब ३ साता आन्ध्र महासागरको यात्रा तय गर्दै उरुग्वे पुगेको फ्रान्सेली टोलीले विश्वकपको इतिहासमा पहिलो गोल गरेको थियो । लुसियन लौरेन्टले मेक्सिको विरुद्ध ४–१ को जितमा पहिलो गोल गर्दै विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी बने । फ्रान्सले समूह १ को दोस्रो खेलमा अर्जेन्टिनाको सामना गर्दा अर्जेन्टिना १–० को अग्रतामा रहेको अवस्थामा रेफ्रीले खेलमा ६ मिनेट बाँकी रहँदै समाप्तिको घोषणा गरे । खेल पछि पुनः सुचारु गरिएपनि फ्रान्सले बराबरी गोल गर्न सकेन । समूह १ मा ४ टोलीको सहभागिता थियो भने अन्य ३ समूहमा समान ३ टोली थिए ।

समुद्री बाटो हुँदै फ्रान्स उरुग्वे पुगेको थियो
पहिलो दिनको अर्को खेलमा अमेरिकाले समूह ४ मा विजयी सुरुआत गरेको थिया े। बेल्जियमलाई ४–० ले पराजित गर्दै प्रतियोगितामा सुरुआत गरेको अमेरिकाले समूह ४ को सम्पूर्ण खेल जित्यो। अन्य समूहको पहिलो खेलमा योगोस्लाभिया ब्राजिललाई ९समूह २ को खेलमा स्तब्ध बनायो भने समूह ३ मा पेरुलाई रोमानियाले ३–१ ले हरायो। योगोस्लाभिया समूह २ को विजेता भयो। आयोजक उरुग्वेले समूह ३ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो।
समूह विजेताको रुपमा अर्जेन्टिना, अमेरिका, उरुग्वे र योगोस्लाभियाले सेमिफाइनलमा स्थान बनाए। दुवै सेमिफाइनलमा ६–१ को नजिताले जित हासिल गर्दै उरुग्वे र अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरे। उरुग्वेले योगोस्लाभियालाई तथा अर्जेन्टिनाले अमेरिकालाई पराजित गरेको थियो।
जुलाई ३०, १९३०मा पहिलो विश्वकपको फाइनल सम्पन्न भयो। कुन टोलीको बलले फाइनल खेलाउने भन्ने विवाद चर्किएपछि फिफाले पहिलो हाफमा अर्जेन्टिना र दोस्रो हाफमा उरुग्वेको बल प्रयोग गर्ने निर्णय लियो। उरुग्वेले सुरुआति अग्रता लिएपनि अर्जेन्टिनाले पहिलो हाफमा २–१ को अग्रता बनायो। दोस्रो हाफमा आफ्नो फुटबलले खेल खेलेको घरेलु टोलीले नतिजा उल्टाउँदै ४–२ ले जित हासिल गर्यो।
फिफाका तत्कालिन अध्यक्ष जुल्स रिमेटले सुनौलो ट्रफी उरुग्वेका कप्तान होसे नासाजीलाई हस्तानतरण गरे । अर्को जुलाई ३१ उरुग्वेमा सार्वजनिक विदाको घोषणा गरियो । उपाधि विजेता टोलीका कप्तान नासाजी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए।
पहिलो विश्वकपको फाइनललाई फुटबल इतिहासले सदैब स्मरण गर्नेछ । सेन्टेनारियो रङगशालामा सम्पन्न उक्त खेलमा ८० हजार समर्थकको उपस्थिति थियो ।

विश्व कप फाइनलको एक तस्बिर
स्काई स्पोट्र्सको लेखमा आधारित
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]