default_image

8 years ago

May 22, 2018

जुनतारा सनसाइन महिला फुटबलको अन्तिम चारमा

123 views

0 Bookmark

सबिन सेर्मा (लिम्बु)
झापा– खुदुनाबारीको जुनतारा महिला फुटबल क्लब झापाको ज्यामिरगणीमा जारी प्रथम सनसाइन महिला कप जिल्ला स्तरइय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

झिझिलेको सतासिधामा स्पोटिङ क्लबलाई २–१ ले हराउँदै जुनतारा अन्तिम चारमा पुगेको हो । सतासिधामले खेलमा लिएको अग्रता जोगाउन सकेन । ३४ औं मिनेटमा अनिता राईको गोलबाट सतासिधामले अग्रता लिएको थियो ।

४४ औं मिनेटमा मनीषा विष्टको गोलबाट जुनतारा खेलमा फर्केको थियो । निर्धारित ७० मिनेटको खेल सकिन ५ मिनेट बाँकी रहँदा कुसुम खतिवडाले गोल गरेपछि जुनतारा अघिल्लो चरणमा पुगेको हो । विजयी टोलीकी मनीषा खेलको म्यान अफ दी म्याच घोषित भइन् ।

मनीषाले १ हजार रुपैयाँ र ५ लिटर बाबा तेल प्राप्त गरिन् । प्रतियोगितामा बुधबार आयोजक सनसाइन महिला फुटबल क्लब ज्यामिरगणी र झापा युवा क्लबबीच पहिलो सेमिफाइनल हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.