8 years ago
May 31, 2018
सिमरा (हाम्रो खेलकुद) –सामुदायिक विकासशील क्लबको आयोजनामा सुरु भएको प्रथम मेयर कप फूटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नम्बर ११ विजयी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको पहिलो दिनको खेलमा वडा नं. १ ले वडा नं. १३ लाई ३–० गोलले पराजित गरेको हो ।
वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित ग¥यो । वडा नं. १ लाई जित दिलाउन निरज मगर, उत्सव कंसकार र प्रशान्त चौधरीले समान १÷१ गोल गरेका थिए ।
निर्धारित ५० मिनेटको खेलमा वडा नं. १ ले खेलको ९ औं मिनेटमा अग्रता लिएको थियो । उत्कृष्ट लयमा देखिएको वडा नं. १ ले दुई गोल दोस्रो हाफमा गरेको हो । वडा नं. १ ले वडा नं. १३ को अधिकांश प्रयास बिफल तुल्याएको थियो । खेलको म्यान अफ दि म्याच वडा नं. १ का निरज मगर घोषित भए ।
यसैगरी दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. ६ लाई सडन डेथमा पराजित गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकर हुदै सडन डेथमा पुगेको हो । सडन डेथमा वडा नं. ११ का बिजयी गोल दीपलाल रायले गरेका थिए । वडा नं. ६ का युराज अंसारीको प्रहार पोष्टमा ठोक्किन पुगेको थियो । यसअघि टाईब्रेकरमा दुबै टिमले ४–४ गोल गरेका थिए ।
टाईब्रेकरमा वडा नं. ११ का लागि कप्तान रामानन्द बछार, बृजमोहन चौधरी, विनय चौधरी र गोलरक्षक जयराम चौधरीले गोल गरेका थिए । पर्शुराम चौधरीको प्रहार वडा नं. ६ का गोलरक्षक मनोज थापाले बचाउ गरेका थिए । वडा नं. ६ का लागि टाईब्रेकरमा अबिनाश कुमार, अक्की सिंह, कप्तान विरेन्द्र चौधरी र राजिब सिंहले गोल गरे । दिलिप माझीको प्रहार वडा नं. ११ का गोलरक्षक जयराम चौधरीले नियन्त्रणमा लिएका थिए ।
उद्घाटन खेलमा जित हात पारेका दुबै टिमले सेमिफाईनल प्रवेशका लागि बुधवार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत शुक्रवार वडा नं. २ र वडा नं. १८ बीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा वडा नं. २१ र वडा नं. १५ बी प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]