default_image

8 years ago

June 1, 2018

नेदरल्यान्ड्स र स्लोभाकिया बराबरीमा

93 views

0 Bookmark

त्रान्भा (एजेन्सी) – विश्वकपका लागि छनोट हुन नसकेका नेदरल्यान्ड्स र स्लोभाकियाले बिहीबार मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेका छन् ।

प्रशिक्षक रोनाल्ड कोमनको नियुक्तिपश्चात तेस्रो खेल खेलेको नेदरल्यान्ड्सले सुरुआती समयमा अपेक्षाकृत प्रदर्स्गन फर्न सकेन । एडम नेमेचले आठौँ मिनेटमा मारेक हाम्सिकको क्रसमा हेडर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए । लगत्तै जुराज कुच्काको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्केको थियो । यद्यपी नेदरल्यान्ड्सले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।

खेलको ५९ औं मिनेटमा क्विन्ची प्रोमेसले ३० यार्ड परबाट ल्याएको बललाई कुनै गल्ति नगरी गोलमा परिणत गरे । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोलको लागि अवसर सिर्जना भएपनि गोल हुन भने सकेन । मेम्फिस डिपाएले नेदरल्यान्ड्सका लागि दुई सुनौलो अवसर गुमाएका थिए । स्लोभाकियाका गोलरक्षक मार्टिन दुब्राभ्काले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.