default_image

8 years ago

June 3, 2018

मेक्सिको स्क्टल्यान्ड विरुद्ध विजयी

124 views

0 Bookmark

मेक्सिको सिटी (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत विश्वकप टोली मेक्सिकोले स्कटल्यान्डलाई १-० ले पराजित गरेको छ ।

मेक्सिकोको जितमा गियोभानी डस सान्टोसले एक गोल गरे । पूर्व आर्सनल विङर कार्लोस भेलाको पासमा खेलको १३ औं मिनेटमा गरेको गोल नै घरेलु टोलीका लागि निर्णायक गोल हुन पुग्यो ।

स्क्टल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको थियो भने मेक्सिको साविक विजेता जर्मनी, दक्षिण कोरिया र स्विडेनसँग समूह ‘एफ’मा रहेको छ । जर्मनीसँग मेक्सिकोनै अन्तिम १६ मा पुग्ने कतिपय विश्लेषकहरुको अनुमान रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.