8 years ago
June 3, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसन झन्डै महिना दिनपछि अस्पतालबाट घर फर्केका छन् । ब्रेन हेमरेजका कारण उनी गत महिना सालफोर्ड रोयल अस्पताल भर्ना भएका थिए । अब उनको रेखदेख परिवारले गर्ने बताइएको छ ।
आर्सलनको प्रशिक्षकका रुपमा गत महिना आर्सन वेङ्गर अन्तिम पटक ओल्ड ट्राफोर्ड पुग्दा फर्गुसनले उनलाई उपहार प्रदान गरेका थिए । त्यसको एक साता नबित्दै फर्गुसन बिरामी परेका थिए । तत्काल शल्यक्रिया गरेपछि उनमा विस्तारै सुधार आएको उल्लेख गरिएको छ ।
७६ वर्षे फुर्गसनले सन् २०१८/१९ को सिजन सुरु हुँदा क्लब अफिसियल र समर्थकका बीच फुर्गसन डाइरेक्टरको बक्समा हुने अपेक्षा राखेका छन् । उनका छोरा डारेन डोनकास्टर रोभर्सन एन्ड द योर्कसायरका प्रशिक्षक हुन् । जति बेला उनको शल्यक्रिया हुँदै थियो त्यति बेला उनको छोराको टोली विगान ह्विल्स्टसँग प्रतिस्पर्धा गरिरहेको थियो ।
त्यो खेल विगानले १–० ले विजयी भएको थियो । आफ्नो शल्यक्रिया सकिने वित्तिकै फर्गुसनले पहिलो शब्द छोराको क्लबको नतिजा सोधेको बताइएको छ । फुटबल प्रशिक्षकका रुपमा सर्वाधिक सफल प्रशिक्षक मध्येका एक फर्गुसन विरामी भएको खबर सार्वजनिक भएलगत्तै विश्वभरका खेलप्रेमीले उनको स्वास्थलाभको कामना गरेका थिए ।
सन् २०१३ सम्म उनको प्रशिक्षणमा युनाइटेडले १५ सय खेल खेल्दै ८ सय ९५ खेल जितेको थियो। उनले युनाइटेडलाई १३ प्रिमियर लिग, ५ एफए कप, ४ लिग कप र ३ च्याम्पियन्स लिग उपाधि दिलाएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]