default_image

8 years ago

June 3, 2018

काउटिन्होको विश्वास सालाह र नेयमारमाथि

148 views

0 Bookmark

लन्डन (एजेन्सी)– ब्राजिलियन स्टार फिलिप काउटिन्होको नजरमा यो विश्वकपमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबाहेक अन्य खेलाडी चम्कने विश्वास लिएका छन् । उनले यो विश्वकप अन्य खेलाडीका लागि आफुलाई प्रमाणित गर्ने अवसरका रुपमा पनि लिएका छन् ।

मेस्सी र रोनाल्डो दुवै आ आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्दै रसिया जाने तयारीमा छन् । रोनाल्डो पोर्चुगल र मेस्सी अर्जेन्टिनाका कप्तान हुन् । काउटिन्होले पूर्व सहकर्मी र ब्राजिलियन स्टारमाथि यसपटक बढी भरोसा गरेका छन् ।

‘मलाई लाग्छ विश्वकपको मौका उठाउने यो अन्य खेलाडीका लागि राम्रो अवसर हो,’ काउटिन्होले भने,‘ मेस्सी र रोनाल्डो लामो समयदेखि उच्च प्रदर्शन गर्दै आएका छन् । तर मलाई लाग्छ यो पटक अन्य खेलाडीले आफुलाई प्रमाणित गर्ने आशा गरेको छु ।’

उनले लिभरपुलका पूर्व सहकर्मी इजिप्सियन मोहम्मद सालाह र आफ्नो टोलीका नेयमारप्रति बढी आशा गरेका छन् । ‘सालाह र नेयमारले यो पटक राम्रो गर्न सम्भावना छ । यद्दपी प्रतियोगिता कसरी अघि बढ्छ त्यसमा धेरै निर्भर गर्छ,’ उनले भने,‘ उनीहरु क्षमतावान खेलाडी हुन् । त्यसैले यसपटक मैले उनीहरुबाट बढी अपेक्षा राखेको छु ।’

नेयमारबाट काउटिन्होले मात्र होइन ब्राजिलियन जनताले पनि त्यतिकै आशा गरेका छन् । यसअघि घरेलु मैदानमा भएको विश्व कप ब्राजिलका लागि विर्सन लायक रहेको थियो । नेयमारलाई चोट समेत लागेको त्यो विश्व कपको सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ ले पराजित भएको थियो ।

छनोट चरणमा शीर्षस्थानमा रहँदै विश्व कपमा स्थान पक्का गरको ब्राजिलले यसपटक समूहमा सर्बिया, कोस्टा रिका र स्विट्जरल्यान्डको सामना गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.