8 years ago
June 5, 2018
एभर्टन (एजेन्सी)– वायन रुनी एमएलएसको डिसी युनाइटेडसँग सम्झौताको नजिक रहेको अवस्थामा एभर्टनका नयाँ प्रशिक्षक मार्को सिल्भाले अझै उनी क्लबमा रहने सक्ने सम्भावना रहेको बताएका छन् । १६ वर्षे प्रिमियर लिगको करियर अन्त्य गर्दै ३२ वर्षे रुनी वासिङ्टन टोलीमा जाने तयारीमा छन् । २ वर्षका लागि वर्षको ३.८ मिलियन पाउन्डमा उनी सम्झौताको निकट रहेको बताइएको छ ।
गत साता एभर्टनको प्रशिक्षक नियुक्त भएका सिल्भाले सरुवा पक्का हुनुअघि रुनीसँग कुरा गर्ने बताएका छन् । यद्दपी उनले यो विषयमा अन्तिम निर्णय इङ्ल्यान्डका पूर्व कप्तानले लिने बताए । एभर्टन आएयताको पहिलो पत्रकार सम्मेलनमा पोर्चुगिज सिल्भाले रुनीसँग छलफल गर्ने बताएका हुन् ।
‘रुनी क्लबका माहान खेलाडी हुन् । हामीले सबै विषय बुझ्न जरुरी छ । क्लबको ढोका उनका लागि सधै खुल्ला छ,’ उनले भने, म उनीसँग कुरा गर्नेछु । सबै चिज समयमा हुनेछ । यसमा उनको निर्णय महत्वपूर्ण हुन्छ ।’
नयाँ परिस्थितिले रुनीलाई गुडिसन पार्कमा रहन मद्दत पुग्ने विश्वास पनि गरिएको छ । क्लबका फुटबल निर्देशक मार्सेल ब्रान्ड्सले भने, उनले क्लब छाड्ने सम्भावना छ । उनी अमेरिकी क्लबसँग छलफलमा छन् । यो कसैसँग लुकेको विषय होइन । ब्रान्ड्सले आफुहरुले पनि रुनीसँग कुरा गरिरहेको बताएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]