8 years ago
June 5, 2018
लन्डन (एजेन्सी)– सफल पुनरागमन गर्ने क्रममा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका नेयमार लन्डनमा विलियन सह मालिक रहेको रेष्टुरेन्टमा खाना खानका लागि अन्य ब्राजिलियन सहकर्मीका साथ पुगेका छन् ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका नेयमारले गोल गरेको खेलमा ब्राजिलले क्रोएसियालाई २–० ले हराएको थियो । ९८ दिन पछि मैदान फर्केका नेयमारले ६९ औं मिनेटमा टोलीका लागि गोल गरेका थिए । उनी अन्य सहकर्मीका साथ सोमबार विलियन, डेभिड लुइज र उनीहरुका एजेन्ट किया जुराबेचिनको संयुक्त लगानीमा रहेको बाबो रेष्टुरेन्ट पुगेका थिए ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेयमारले रेष्टुरेन्ट अगाडि विलियन र उनको अनुपस्थितिमा ब्राजिलको अग्रपक्तिको मोर्चा सम्हालेका म्यानचेस्टर सिटीका गाब्रियल जिसससँगको फोटो खिचाएका थिए । नेयमारसँगै पिएसजीका थिएगोल सिल्भा, ब्राजिलका तेस्रो रोजाइका गोलकिपर कासियो, साख्तार डोनेक्सका फागनेर, रक्षक मिरान्डा र पेड्रो गेरोमेल पनि रेष्टुरेन्ट गएका थिए ।
आइतबारको जितपछि नेयमारले दायाँ खुट्टाको फोटो इन्स्टाग्राममा पोष्ट गरेका थिए । नेयमारले लेखे, “शुभ सन्ध्या । लड्ने अठोट लिएको छु, हारे पनि गर्वसँग गर्ने छु । किनकी यो संसारनै हिम्मतवालाहरुको हो ।” फेब्रुअरी २५ मा मार्सेलसँगको खेलका दौरान उनको त्यो खुट्टामा चोट लागेको थियो । ब्राजिलले विश्व कपको अन्तिम मैत्रीपूर्ण खेल आइतबार भियनामा अस्ट्रियासँग खेल्नेछ ।
अस्ट्रिया विश्व कपमा छनोट हुन असफल भएपछि शनिबार भएको मैत्रीपूर्ण खेलमा साविक विजेता जर्मनीलाई २–१ ले हराएको थियो । पाँच पटकको विश्व कप विजेता ब्राजिल समूह ‘इ’मा आयोजक स्विट्जरल्यान्ड, क्रोएसिया र सर्बियासँग रहेको छ । ब्राजिलले पहिलो खेल स्विट्रल्यान्डसँग जुन १७ मा खेल्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]