default_image

8 years ago

June 6, 2018

‘रियललाई थप सफलता दिलाउने रोनाल्डोको सपना अझै बाँकी छ’

108 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छोड्ने संकेत गरेपछि फुटबल जगतमा तरंग पैदा भएको थियो । विश्व कप सुरु हुन अब केहि दिन मात्र बाँकी रहँदा पनि रोनाल्डोले रियल छोड्ला वा अर्को सिजन पनि सोही क्लबमा निरन्तर रहलान भन्ने चर्चा चलिरहेको छ ।

रियलकै पूर्व स्ट्राइकर जुलियो बापिस्टा भने रोनाल्डोले क्लबबाट अझै धेरै सपना पुरा गर्ने विश्वास व्यक्त गरेका छन् । मे २६ मा लिभरपुलविरुद्ध च्याम्पियन्स लिग फाइनलमा रियलले ३–१ को जित हासिल गर्दा रोनाल्डो भने केहि छायाँमा परेका थिए ।

लगातार तेस्रो पटक रियलले च्याम्पियन्स लिग उपाधि जिते लगत्तै रोनाल्डोले अर्को सिजन आफु क्लबमा रहन नसक्ने संकेत गरेका थिए ।यद्दपी उनको भविष्यका बारेमा प्रष्ट भइसकेको भने छैन । ३३ वर्षे रोनाल्डोले नौ सिजन रियलमा विताउँदा सबै खाले उपलब्धी हासिल गरिसकेका छन् ।

बापिस्टा भने नयाँ चुनौतिका लागि रोनाल्डो तयार हुनु पर्ने बताएका छन् । ‘रोनाल्डोसँग अझै पनि रियलका लागि थप उपलब्धी दिलाउने सपना छ । यद्दपी उनले सबै खाले उपलब्धी जितिसकेका छन्,’ उनले भने,‘ अन्तिम निर्णय गर्नुअघि सम्म उनले धर्यता राख्नु पर्दछ । सिजन सुरु हुँदा सम्म त्यो धर्यता जरुरी हुन्छ । त्यति बेला के हुन्छ हामी भन्न सक्दैनौं । ‘

पछिल्लो नौ वर्षमा रोनाल्डो सम्मिलित रियलले ४ वटा च्याम्पियन्स लिग र २ वटा ला लिगा उपाधि जितेको थियो । यहि बीचमा उनले पाँच वटा बालोन डी ओर जित्ने लियोन मेस्सीको कीर्तिमानीलाई बराबरी गरेका छन् । क्लब छाड्न संकेत गरेसँगै उनी पूर्व क्लब म्यानचेस्टर युनाइटेड वा पेरिस सेन्ट जर्मेन जान सक्ने अनुमान गरेका छन् ।

रोनाल्डोले रियल छाड्ने चर्चा अबको केहि दिनमा विश्व कपका कारण छायाँमा पर्न सक्दछ । किन की रोनाल्डो आफै पनि विश्व कपमा केन्द्रित हुनेछन् । उनको कप्तानमा दुई वर्षअघि पोर्चुगलले युरो कप जितेको थियो । त्यो पोर्चुगलले जितेको अहिले सम्मको ठूलो उपाधि हो । अब रोनाल्डो र उनका सहकर्मी विश्व कपमा उच्च प्रदर्शनका लागि केन्द्रित हुनेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.