8 years ago
June 6, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग खेलाडी लिने विषयमा विवाद परेपछि जिनेदिन जिदानले प्रशिक्षक पद त्यागेको खुुलासा भएको छ । च्याम्पियन्स लिग उपाधिमा ह्याट्रिक गरेको केहि दिनमा जिदानले रियल छाड्ने घोषणा गरेका थिए ।
बिहीबार अप्रत्यासित रुपमा पत्रकार सम्मेलन गर्दै फ्रेन्सेली जिदानले साढे दुई वर्षको रियलको प्रशिक्षण यात्राको अन्त्य गरेका थिए । क्लबका महान खेलाडी एवं प्रशिक्षक ४५ वर्षे जिदानले पद छाड्न यो सहि समय भएको बताएका थिए ।
द सनका अनुसार बुधबार राती जिदान र अध्यक्ष पेरज नयाँ सिजनमा कुन खेलाडी लिने भन्नेमा आ आफ्नो तर्क राख्दा विवाद भएको थियो । जिदान चेल्सीका स्टार इडन हाजार्ड लिन चाहन्थे भने पेरेजको चाहना म्यानचेस्टर युनाइटेडका गोलपिकर डेभिड डि जिया भित्राउने थियो । जिदान हालका गोलकिपर केलोर नाभाससँग खुसी थिए भने पेरेज उनीसँग सहमत थिएनन् ।
सहमति हुन नसकेपछि जिदानले मैले आफ्नो काम गरे, तिम्रो टोली तिमि सम्हाल भनेको बताइएको छ । आर्सनलका पूर्व प्रशिक्षक आर्सन वेङ्गर, टोटेनह्यामका माउरिसियो पोचिन्टिन्हो र रियलका पूर्व मिडफिल्डर गुटी अहिले रियलको नयाँ प्रशिक्षकको दौडमा रहेको बताइएको छ ।
पेरजसँगै पत्रकार सम्मेलनमा जिदानले भनेका थिए, अर्को सिजनलाई निरन्तरता नदिने मैले निर्णय लिएको छु । मेरो र बाँकी अन्यका लागि पनि यो परिवर्तनको सहि समय भएको मलाई लाग्यो । यो निर्णय लिन सहज थिएन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]