8 years ago
June 6, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस टोलीका भरपर्दा मिडफिल्डर आन्द्रेस इनिएस्टालाई स्पेनको रोयल अर्डर अफ मेरिटले सम्मान गरिएको छ । मंगलबार राष्ट्रिय टोलीको प्रशिक्षण दौरान स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अभ्यास स्थलमै गएर इनिएस्टालाई अवार्ड प्रदान गरे ।

स्पेनिस टोली अर्को साताबाट सुरु हुने विश्वकपको तयारीमा जुटेको छ । विश्वकप अगाडी स्पेनले शनिबार ट्युनिसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्दैछ । उक्त खेलअघि प्रशिक्षण गरिरहेको अवस्थामा प्रधानमन्त्री सान्चेजले इनिएस्टालाई सम्मान गरेका थिए । भर्खरै बार्सिलोना छाडेर जापानको भिसेल कोबेसँग सम्झौता गरेका इनिएस्टाको यो अन्तिम विश्वकप हो । उनले विश्वकप पछि राष्ट्रिय टोलीबाट विश्राम लिने बताएका छन् ।
सन् २०१० को विश्वकप फाइनलमा स्पेनलाई उपाधि दिलाउन निर्णायक गोल गरेका इनिएस्टा स्पेनका सर्वकालीन महान खेलाडीको सुचिमा पर्छन् । उनले राष्ट्रिय टोलीको दोहोरो युरो उपाधिमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसबाहेक स्पेनको घरेलु फुटबलमा पनि इनिएस्टाले आफ्नो छुट्टै परिचय स्थापित गरेका छन् । २२ वर्षदेखि बार्सिलोनाबाट निरन्तर खेल्दै आएका उनले फुटबल करियरमा टोलीका लागि जित्न बाँकी रहेको उपाधि छैन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]