8 years ago
June 6, 2018
जेरुसलेम (एजेन्सी) – शनिबार हुने भनिएको अर्जेन्टिना विरुद्ध इजरायलको मैत्रीपूर्ण खेल स्थगित भएको छ । प्यालेस्टाइन र प्यालेस्टाइनको फुटबल संघद्वारा धम्की आएपछि खेललाई स्थगित गर्नु परेको हो ।
सो खेल विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाका लागि अन्तिम मैत्रीपूर्ण खेल हुने थियो । अर्जेन्टिना तयारीमा रहेको बार्सिलोना क्याम्प बाहिर पनि अर्जेन्टिनी टोलीको विरोध भएको थियो । विरोधमा लियोनल मेस्सी र अर्जेन्टिनाको जर्सी जलाइएको पनि थियो ।
सन् २०१४ को विश्वकपको उपविजेता रहेको अर्जेन्टिना समूह ‘डि’ मा आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ को उपनाम पनि दिइएको छ । इजरायल विरुद्धको मैत्रीपूर्ण खेल नहुने अवस्थामा अर्जेन्टिना नुक्याम्पमै अर्को कुनै टोलीसँग खेल मिलाउन जुटिरहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]