default_image

8 years ago

June 6, 2018

सलाह घाइते हुनुमा उनकै गल्ती – रामोस

169 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फाइनलमा लिभरपुलका मोहम्मद सलाह घाइते हुनुमा सलाह स्वयंको गल्ती रहेको बताएका छन् ।

salah ramos

च्याम्पियन्स लिगको पहिलो हाफमा रामोस र सलाह जुध्दा सलाह लडेर घाइते भएका थिए । घाइते भएसँगै उनी रुंदै मैदान छोड्न बाध्य भएका थिए । त्यस अवस्थामा गोलरहित रहेको सो खेल रियल म्याड्रिडले ३-१ ले जितेको हो ।

रामोसले रिसाउंदै प्रतिक्रिया दिए, ” सबैजना सलाहकै पक्षमा छन् । मलाई यस विषयमा बोल्न मन थिएन तर सबैभन्दा पहिले उनले नै मेरो हात समातेका थिए । त्यसकारण म आफैं लड्न पुगे र उनी चोटिल भए ।”

“यदी सलाह खेल्ने चाहन्थे भने ‘इन्जेक्सन’ लगाएर खेल्ने सक्थे । मैले पनि त्यसो गरेको छु । मैले सलाहलाई मेसेज पनि गरेको छु र उनलाई सो घटनाबारे केही आपत्ति छैन ,” रामोसले भने ।

फाइनलमा घाइते भएका सलाह इजिप्टको टोलीमा परेका छन् । इजिप्ट विश्वकप समूह ‘ए’ मा आयोजक रुस, उरुग्वे र साउदी अरेबियासँग समूह ‘ए’मा रहेको छ । अर्को तर्फ रामोसको स्पेनिस टोली समूह ‘बि’ मा पोर्चुगल, मोरक्को र इरानसँग रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.