7 years ago
June 21, 2018
नोभोगोरो (एजेन्सी) – विश्वकप सुरु हुनुभन्दा अघि दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनालाई उपाधिको दाबेदार टोलीमध्ये एकको रुपमा हेरिएको थियो । समूह चरणको पहिलो खेलमा विश्वकपको नयाँ टोली आइसल्याण्डसँग बराबरीमा रोकिएपछि अर्जेन्टिनालाई दोस्रो चरण पुग्न दबाब सिर्जना भएको छ । ‘गर या मर’ को अवस्थामा रहेको अर्जेन्टिना यही दबाबकाबीच दोस्रो चरण पुग्ने लक्ष्यलाई जीवित राख्न दोस्रो खेलमा क्रोएसियाको सामना गर्दैछ ।
खेल नोभोगोरोडस्थित निज्नी स्टेडियममा नेपाली समयअनुसार बिहीबार राति ११ः४५ बजे हुनेछ । इतिहासलाई हेर्ने हो भने, अर्जेन्टिना क्रोएसियामाथि हावी छ । यी दुई टोली चारपटक आमनेसामने भएका छन् । जसमा अर्जेन्टिनाले २ जित र १ बराबरी र १ हार बेहोरेको छ । पछिल्लोपटक यी दुई टिमले २०१४ मा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।
तर, फुटबलमा इतिहास हेरेर मात्रै हुदैन । पछिल्लो समय क्रोएसियाले पनि राम्रो फुटबल खेलिरहेको छ । दोस्रो चरण प्रवेशका लागि अर्जेन्टिनालाई निश्चित जित आवश्यक छ । त्यसैले अर्जेन्टिना दबाबकाबीच क्रोएसियालाई पराजित गर्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । बराबरीले अर्जेन्टिनाको दोस्रो चरण पुग्ने सम्भावना न्यून बन्नेछ । पराजित भएको खण्डमा भने अर्जेन्टिनाको विश्वकप यात्रा समूह चरणमै टुंगिनेछ ।
समूह ‘डी’ मा क्रोएसिया ३ अंकसहित शीर्षस्थानमा रहँदा अर्जेन्टिना दोस्रो तथा आइसल्यान्ड तेस्रो स्थानमा छन् । यस समूहबाट अर्जेन्टिनालाई समूह विजेताको रूपमा हेरिँदा पहिलो खेलमै बराबरीपछि पक्कै पनि दबाबमा हुनेछ । दबाबमा पनि खेल्न सक्ने अर्जेन्टिनासँग क्षमता छ । क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना दबाबका बीच राम्रो फुटबल खेल्न सक्ने टोलीको रूपमा रहेको प्रमाणित गर्ने महत्वपूर्ण अवसर छ ।
अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले क्रोएसियाविरुद्धको खेल फाइनल सरह भएको बताएका छन् । ‘क्रोएसियाविरुद्धको खेल हाम्रो लागि फाइनल सरहको खेल हो । हामीलाई दोस्रो चरण प्रवेश गर्न जितबाहेक विकल्प छैन ’ प्रशिक्षक साम्पाओलीले भने, ‘हामीले राम्रो खेल्दाखेल्दै पनि अनपेक्षित रूपमा आइसल्यान्डसँग रोकिन पुग्यो । यसले हामीलाई समूहमा असहज बनाएको छ । तर, पनि हामी निश्चित जितका लागि खेल्नेछौं ।’
प्रशिक्षक साम्पाओलीले आइसल्यान्डविरुद्धको खेलमा खेलेका केही खेलाडी क्रोएसियाविरुद्धको खेलमा परिवर्तन हुने बताएका छन् । अर्जेन्टिनाले सन् २०१४ को विश्वकपको क्वार्टरफाइनलमा बेल्जियमलाई पराजित गरे यता विश्वकपमा तीन खेल खेल्दा जित हात पार्न सकेको छैन । सेमिफाइनलमा नेदरल्यान्डलाई पेनाल्टी सुटआउटमा पन्छाएको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित हुन पुगेको थियो ।
त्यसपछि रसिया विश्वकपको पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिन पुग्यो । अर्जेन्टिनासँग विश्वस्तरका लियोनेल मेस्सी, सर्जियो अगुएरो र निकोलास ओटामेन्डीजस्ता खेलाडी रहेका छन् । क्रोएसियाविरुद्धको खेलमा मेस्सीसँगै अगुएरो टिमको मुख्य हतियार हुनेछन् । तर, उनीहरू क्रोएसियाको डिफेन्सको निगरानीमा हुनेछन् ।
अग्रपंक्ति राम्रो भए पनि डिफेन्समा कमजोर देखिएको अर्जेन्टिनालाई त्यही नियति नदोहोरिएला भन्न सकिन्न । किनभने क्रोएसियासँग मारियो म्यान्जुकिक, इभान राकिटिक, पेरिसिक र लुका मोड्रिकजस्ता खेलाडी छन्, उनीहरूले जुनसुकै बेला पनि खेल परिवर्तन गर्न सक्छन् । यता, पहिलो जितले उत्साहित क्रोएसिया बिना कुनै दबाब अर्जेन्टिनाविरुद्ध उत्रने अनुमान गरिएको छ ।
क्रोएसियाले पहिलो खेलमा अफ्रिकी मुलुक नाइजेरियालाई २–० ले पराजित गरेको थियो । नकआउट चरण पुग्ने सम्भावना रहेको क्रोएसिया अर्जे्न्टिनालाई पनि पराजित गर्दै समूह विजेताको रूपमा अघि बढ्ने लक्ष्यमा हुनेछ । सन्तुलित फुटबल खेलिरहेको क्रोएसिया सकेसम्म जित्ने या बराबरीमा योजनामा हुनेछ । बराबरीले पनि क्रोएसियाको प्रिक्वार्टरफाइनल पुग्ने सम्भावना जीवितै रहनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]