7 years ago
June 21, 2018
समारा (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले पहिलो हाफमा १-१ को बराबरी खेलेका छन् ।
डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई मिले जेडिनाकले गोलमा परिणत गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका हुन् । जेडिनाकले पछिल्लो खेलमा फ्रान्सविरुद्धको २-१ को हारमा पनि पेनाल्टीमार्फत गोल गरेका थिए । अर्को तर्फ डेनमार्क भने १-० ले पेरुविरुद्ध विजयी भएको थियो ।
आज जित हांसिल गर्न सके डेनमार्क अन्तिम १६ मा छनोट हुने छ, हार बेहोरे अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]