default_image

7 years ago

June 21, 2018

फ्रान्स पेरुविरुद्ध अग्रतामा, एम्बाप्पेले बनाए रेकर्ड

118 views

0 Bookmark

एटाकेरिनबर्ग (एजेन्सी) – विश्वकप समूह ‘सी’ को चौथो खेलमा दाबेदार मानिएको फ्रान्सले पेरु विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

खेलको ३४ औं मिनेटमा ओलिभर जिरुडको प्रहार सदुपयोग गर्दै किलियन एम्बाप्पेले गोल गरेका थिए । सो गोल गर्दै एम्बाप्पे विश्वकपमा फ्रान्सका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ ले हराएको थियो भने पेरु डेनमार्कसंग १-० ले पराजित भएको थियो । आज भएको खेलमा डेनमार्क र अष्ट्रेलिया १-१ को बराबरीमा रोकिएका थिए ।

आज हारेको अवस्थामा पेरु विश्वकपबाट बाहिरिने छ भने फ्रान्सले जित निकाल्न सक्ने अन्तिम १६ मा प्रवेश गर्ने छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.