7 years ago
June 22, 2018
मस्को (एजेन्सी)– रसियामा जारी विश्व कपमा अप्रत्यासित नजिता आउने क्रम रोकिएको छैन । उपाधिको दाबेदारका रुपमा हेरिएको अर्जेन्टिना क्रोएसियासँग ३–० हराएको छ । अर्जेन्टिना जस्तै पहिलो खेलमा बराबरीमा रोकिएको ब्राजिलले आज कोस्टा रिकाको सामना गर्दैछ ।
आजै अन्य खेलमा नाइजेरियाले आइसल्यान्ड र सर्बियाले स्वीट्रल्यान्डको सामना गर्नेछ । समूह ‘डी’मा रहेको आइसल्यान्डले पहिलो खेलेमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो । नाइजेरियाले भने क्रोएसियालाई २–० को नतिजा सुम्पेको थियो ।
समइ ‘इ’मा पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १–० ले हराउँदा अर्को खेलमा ब्राजिल स्वीट्रल्यान्जसँग १–१ को बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाको खेलमा जसरी लियोनल मेस्सीमाथि बढी आशा गरिएको थियो, ब्राजिलको खेलमा पनि नेयमारसँग त्यस्तै खेलको अपेक्षा गरिएको हुन्छ ।
विश्व को को भिड्दैछन्, कति बजे ?
समूह ‘इ’
पहिलो खेल- ब्राजिलविरुद्ध कोस्टा रिका -साँझ ५ः४५ बजे
समूड ‘डी’
दोस्रो खेल -नाइजेरियाविरुद्ध आइसल्यान्ड -राती ८ः४५ बजे
समूह ‘इ’
तेस्रो खेल -सर्बियाविरुद्ध स्वीट्जरल्यान्ड -राती ११ः४५ बजे
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]