7 years ago
June 22, 2018
मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्वकप फुटबलमा समूह चरणका २३ खेलहरु अप्रत्यासित नजिता आउने क्रम जारी छ भने आशा गरिएका खेलाडीमध्ये केहीले उच्च र केहिले निराशाजनक प्रदर्शन गरेका छन् । आशा गरिएका मध्ये पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डो दुई खेलमा सफल देखिएका छन् भने त्यसको ठिक विपरित त्यस्तै आशा गरिएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी दुई खेलमा कमजोर देखिएका छन् ।
मेस्सीको जादु यो विश्व कपमा देख्न सकिएको छैन । २ खेलमा उनी गोल गर्न असफल मात्र भएका छैनन्, पहिलो खेलमा उनको टोली नव प्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो भने दोस्रो खेलमा क्रोएसियासँग ३–० ले स्तब्ध भयो । अघिल्लो विश्व कपमा अर्जेन्टिनालाई फाइनल सम्म पुर्याएका मेस्सीले यो पटक उपाधि जित्ने आशा धेरैले गरेका थिए ।
अर्को तिर रोनाल्डोले टोलीका लागि अहिले सम्म सम्भव सबै ४ गोल गरे, जसले टोली नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ । स्पेनसँगको ३–३ को बराबरीमा ह्याट्रिक गरेको रोनाल्डोले मोरोक्कोलाई १–० ले हराउँदा गोल गरेका थिए । पाँच पटकको विश्व विजेता ब्राजिल पहिलो खेलमा रोकियो भने साविक विजेता जर्मनीले पहिलो खेलमै हार बेहोर्यो ।
समूह चरणका खेल अझै बाँकी रहँदा थुप्रै रोचक तथ्य थपिदै जाने निश्चित । समूह चरणको दोस्रो राउण्ड जारी रहँदा समूह ‘ए’ बाट आयोजक रसिया र उरुग्वेले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो समूहबाट इजिप्ट र साउदी अरबिया बाहिरिएका छन् । समुह ‘बी’ बाट स्पेन र पोर्चुगलले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउदा मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘सी’ बाट फ्रान्सले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउदा डेनमार्कले दोस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । यो समूहबाट पेरु बाहिरिएको छ । समूह ‘डी’ बाट क्रोएसियाले नकआउट चरणमा स्थान बनाउन उपाधिको दावेदार मानिएको अर्जेन्टिनाको नकआउट चरण यात्रा भने झिनो बनेको छ ।
समूह चरणका अन्तर्गत आज राति दोस्रो राउण्डका तीन खेल हुदैछन् । समूह ‘ईं’ अन्र्तगत आजको पहिलो खेलमा ब्राजिलले कोष्टा रिकाको साँझ ५ः४५ बजे सामना गर्नेछ । सर्वियाले स्वीट्जरल्याण्डसँग राति ११ः४५ बजे प्रतिस्पर्धा गर्दा समूह ‘डी’ का नाइजेरिया र आइसल्याण्डबीत राति ८ः४५ बजे खेल हुनेछ ।
जारी विश्व कपमा अहिले सम्मको तथ्याङ्क
समूह चरण (पहिलो राउण्ड)
खेल संख्या: २३
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)
समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
गोल संख्या : ५१ गोल
पहिलो हाफः १९ गोल
दोस्रो हाफः ३२ गोल
पेनाल्टी गोलः ९ गोल (रोनाल्डो–पोर्चुगल), (जेडिनाक– २ गोल–अष्ट्रेलिया), (ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङभिष्ट–स्वीडेन), (सिन्जी कागवा–जापान), (मोहम्मद सलाह–इजिप्ट) र (सासी–ट्युनिसिया)
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जेन्टिना र क्रिष्टियन कुयुभा–पेरु)
फ्रिकिक गोलः ३ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया)
आत्मघाती गोलः ५ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया)
पहेलो कार्डः ६८
रातो कार्डः १ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान)
ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)
सव्सिच्युट खेलाडीको गोलः ३ गोल (डेनिस चेरेसेभ (२), र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ४ गोल (क्रिष्टियानो रोनाल्डो–पोर्चुगल)
३ गोल (डेनिस चेरेसेभ–रसिया र डिएगो कोष्टा–स्पेन)
२ गोल (रोमेलु लुकाकु–बेल्जियम ह्यारी केन–इंग्ल्याण्ड र अर्टिम ज्युुभा–रसिया, जेडिनाक–अष्ट्रेलिया, लुका मोड्रिक–क्रोएसिया)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]