7 years ago
June 22, 2018
भोल्गोग्राड (एजेन्सी) – पहिलो खेलमा उपाधिको दाबेदार अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेर मनोबल बढाएको आइसल्यान्डले विश्व कपको समूह चरणमा आज राति अफ्रिकी राष्ट्र नाइजेरियाको सामना गर्दैछ । खेल भोल्गोग्राड एरिनामा राति ८ः४५ बजेपछि शुरु हुनेछ ।
आइसल्याण्ड रसिया विश्वकपमा डेब्यु गर्ने दुई टोली मध्येको एक हो । त्यही आइसल्यान्डले विश्वकपको डेब्यु खेलमा लियोनेल मेस्सीको अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेर सनसनी मच्चाउन सफल भयो । आइसल्यान्ड र नाइजेरियाबीचको खेल उपाधिको दाबेदार मानिएको अर्जेन्टिनाको भविष्यसँग पनि जोडिएको छ ।
अर्जेन्टिना समूहको अर्को खेलमा क्रोएसियासँग ३–० ले स्तब्ध भएको थियो । क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । यो खेलमा आइसल्याण्डले जित हात पारे अर्जेन्टिना समूह चरणबाटै बाहिरिने सम्भावना हुनेछ । बराबरीले अर्जेन्टिनाले राहतको सास फेर्नेछ । र समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई फराकिलो अन्तरले पराजित गरे अघिलल्लो चरणमा प्रवेश गर्ने अवसर प्राप्त गर्नेछ ।
अन्डर डग टिमको रुपमा पहिचान बनाएको आइसल्यान्डले उपाधिको दावेदार टिम अर्जेन्टिनालाई बराबरीमा रोकेर उच्च मनोबलमा रहेको आइसल्याण्ड आफ्नो दोस्रो खेलमा नाइजेरियालाई निराश पार्दै अघि बढ्ने अभियानमा हुनेछ । व्यक्तिगत खेलाडीभन्दा पनि टिम प्रदर्शनमा विश्वास गर्ने आइसल्याण्ड संगठित प्रदर्शन गर्दै नाइजेरियावरुद्ध उत्रने पक्का छ ।
समूहमा आइसल्याण्डले १ अंक जोड्न सफल हुदा नाइजेरिया अंकविहीन छ । नाइजेरियालाई पराजित गर्न आइसल्याण्डको नकआउट चरणको सम्भावना बलियो हुनेछ । बराबरीमा रोकिएको अवस्थामा भिनो सम्भावना जीवितै रहँदा पराजित भए आइसल्याण्डको विश्वकप यात्रा समूह चरणमै टुंगिनेछ ।
आइसल्याण्ड जुनसुकै टिमसँग खेल्दा पनि हार नमान्ने टोली हो । तर, टिमका मुख्य खेलाडी जोहान गुडमुन्डसनको चोट आइसल्याण्डको लागि समस्या हुन सक्छ । उनी नाइजेरियाविरुद्धको खेलमा खेल्नेमा शंका छ । यता, समुह चरणको पहिलो खेलमा क्रोएसियासँग बेहोरेको हारले नाइजेरियालाई आइसल्याण्डविरुद्धको खेलमा जितको लागि दबाब बढेको छ ।
आइसल्याण्डसँग पनि पराजित भए नाइजेरियाको विश्वकप यात्रा समूह चरणमै सकिनेछ । विश्वकपमा अघिल्लो यात्रामा रहिरहन जित बाहेकको विकल्प छैन । विश्वकपमा नाइजेरियाले विश्वकपका १३ खेलमध्ये अहिलेसम्म १ खेलमा मात्र जितेको इतिहास छ । ३ बराबरी खेलेको नाइजेरियाले ९ हारको सामना गरेको छ । नाइजेरियाले ४ वर्ष अघि बोस्निया हर्ज गोभिनालाई पराजित गरेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]