7 years ago
June 22, 2018
भोलगोग्राड (एजेन्सी) – विश्वकप समूह ‘डी’ अन्तर्गत नाइजेरियाले आइसल्यान्डलाई २-० ले हराएको छ ।
नाइजेरियाका लागि दुवै गोल अड्रिसा मुसाले गरे । ४९ औं मिनेटमा अग्रता दिलाएका मुसाले ७५ औं मिनेटमा अग्रता दोब्बर पार्दै जित सुनिश्चित पारेका थिए । नाइजेरियाको जितसंगै समूह ‘डि’ झनै रोमाञ्चक बनेको छ ।
क्रोएसिया दुई जितसहित ६ अंकमा रहेको छ भने नाइजेरियाको ३, आइसल्यान्डको १ र अर्जेन्टिनाको पनि १ अंक रहेको छ । गोलान्तरमा अर्जेन्टिना पुछारमा रहेको छ । अब अर्को साता अर्जेन्टिना नाइजेरियासंग र अैसल्यान्ड क्रोएसियासंग भिड्ने छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]