default_image

7 years ago

June 23, 2018

बेल्जियमको नजर दोस्रो चरणमा

132 views

0 Bookmark

मस्को (एजेन्सी) –फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘जी’ को दोस्रो चरणको एक खेल हुदैछ । स्पार्कटाक स्टेडियम मस्कोमा उपाधिको दावेदार बेल्जियमले ट्युनिसियाको सामना गर्दै छ । खेल साँझ ५ः४५ बजेपछि शुरु हुनेछ ।

eden hazard belgium

समूह चरणको पहिलो खेलमा पानामामाथि ३–० को सहज जित निकालेको बेल्जियम ट्युनिसियालाई पनि सहजै पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ ।

स्टार खेलाडीहरुको जमघट रहेको बेल्जियम ट्युनिसियाविरुद्धको खेलमा सहजै हावी हुने अनुमान गरिएको छ । अघिल्लो खेलमा दुई गोल गरेका स्ट्राइकर रोमेलु लुकाकु ट्युनिसियाको खेलमा पनि हावी हुने अनुमान गरिएको छ । तर, इंग्ल्यान्डसँग अन्तिम समयमा गोल खादा पराजित हुन पुगेको ट्युनिसियाले बेल्जियमलाई रोक्ने योजनामा हुनेछ ।

अन्तिम मिनेटमा गोल खांदा खेल गुमाएको ट्युनिसियाले बेल्जियमविरुद्धको खेलमा पुनरागमन गर्ने लक्ष्य बनाएको छ । इंग्ल्यान्डविरुद्धको खेलमा अन्तिम समय पराजित हुनु ट्युनिसियाका लागि दुर्भाग्य साबित हुदा ट्युनिसियाले बेल्जियमसँग धैर्यतापूर्वक खेल्नेछ । दोस्रो चरणमा पुग्ने आसा बाँकी राख्न ट्युनिसिलाई जित आवश्यक छ ।

दुई टिम चौथोपटक आमने समाने हुन लागेको हो । यसअघिका तीन प्रतिस्पर्धामा दुवै टिमले समान १ जित, बराबरी र हारको नतिजा निकालेको छ । १९९२ को मैत्रीपूर्ण खेलमा ट्युनिसिया २–१ ले विजयी भएको थियो । २००२ को विश्वकपमा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । २०१४ को मैत्रीपूर्ण खेलमा बेल्जियम १–० ले विजयी भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.