7 years ago
June 23, 2018
सोची (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध बन्न पुग्यो ।
बल पोजिसनमा पकड बनाएर बराम्वर पोष्ट आक्रमण गर्दा पनि जर्मनीले मेक्सिकोविरुद्ध गोल गर्न नसक्दा पहिलो खेलमै पराजित हुन पुग्यो ।पहिलो खेलमै पराजित भएपछि दोस्रो चरण प्रवेशको लागि जर्मनी ‘गर या मर’ को अवस्थामा छ । यही अवस्थामा जर्मनीले समूह चरणमा एक खेलमा जित हात पारेको स्वीडेनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार सोचीस्थित फिस्ट स्टेडियममा राति ११ः४५ बजपछि हुनेछ ।
नकआउट चरण प्रवेशको सम्भावना जीवित राख्न जर्मनीलाई यो खेलमा निश्चित जित आवश्यक छ । तर, स्वीडेनसँग पराजित भएमा जर्मनी समूह चरणबाटै बाहिरिनेछ । बराबरीले पनि जर्मनीको अघिल्लो चरणको यात्रा झिनो हुनेछ । त्यसैले स्वीडेनलाई पराजित गर्न जर्मनीले सबै शक्ति प्रयोग गर्नेछ ।
जर्मनीसँग थोमस मुलर, मार्काे रियुस, मेसुट ओजिल, टोनी क्रुस, जोस्वा किम्मिच र गोलरक्षकमा म्यानुयल नियुरजस्ता खेलाडीहरु छन् । यता, स्वीडेन भने जर्मनीलाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने योजनामा हुनेछ । पहिलो खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेर अघि बढेको स्वीडेन बलियो जर्मनीविरुद्ध रक्षात्म खेल्दै काउन्टर अट्याकलाई ध्यान दिनेछ । मेक्सिकोले जर्मनीलाई पराजित गर्द यही रणनीति अपनाएको थियो ।
समूहमा मेक्सिको र स्वीडेन ३ अंकसहित शीर्ष दुई स्थानमा छन् । अंक नजोडेको जर्मनी र दक्षिण कोरिया तेस्रो र चौथो स्थानमा रहेका छन् ।जर्मनी र स्वीडेन अहिलेसम्म ३६ पटक आमने सामने भएका छन् । हेड टु हेडमा जर्मनी १५–१२ ले अघि रहेको छ । ९ खेल भने बराबरीमा सकिएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]