7 years ago
June 24, 2018
पेरिस (एजेन्सी)– स्पेनिस क्लब बार्सिलोनाका पूर्वस्टार इमानुयल पेटिटले अर्जेन्टिनाका लियोनेल मेस्सीसँग पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको जस्तो कप्तानी गर्ने क्षमता नरहेको बताएका छन् । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना रसिया विश्वकपमा समूह चरण पार गर्नको लागि कठिन संघर्ष गरिरहेको छ ।
सुरुवाती दुई खेल सकिदा १ अंक मात्र जोड्न सकेको अर्जेन्टिना समूहको पुछारमा छ । पछिल्लो खेलमा अर्जेन्टिना क्रोएसियाको हातबाट ३–० ले पराजित भएको थियो । समूह चरणको पहिलो खेलमा भने अर्जेन्टिना विश्वकपको नवप्रवेशी आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
त्यही अवस्थामा रोनाल्डोले आफ्नो कप्तानीमा जारी रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सबै चार गोल आफ्नो नाममा लेखाएका छन् । स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका रोनाल्डोले मोरक्को विरुद्धको खेलमा पनि एक गोल गरेका थिए । उनी जारी विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् ।
‘मेस्सी लिडर हैनन् । उनी रोनाल्डो पनि हैनन् । कप्तानी गर्ने मामलामा मेस्सी रोनाल्डो भन्दा पछि नै देखिएका छन् । तर, उनी विश्वको सर्वोत्कृष्ट खेलाडी हुन् । यसमा दुईमत छैन ’ आधुनिक फुटबलका दुई हस्ती मेस्सी र रोनाल्डोको कप्तानीको बारेमा तुलना गर्दै पेटिटले बुक मेकर पाड्डी पावरलाई अन्र्तवार्ता दिदै भनेका छन् ‘तर, मेस्सीमा कप्तानी गर्ने क्षमता रोनाल्डोमा जति देखिएन । बार्सिलोनाका स्टार उनी यो अवस्थाबाट माथि आउन जरुरी छ ।’
म्यानुयलले दक्षिण अमेरिकी विश्वकप छनोटको अन्तिम खेलमा इक्वेडरविरुद्धको खेलमा मेस्सीले गरेको ह्याट्रिकलाई पनि आफ्नो अन्र्तवार्तामा छुटाएका छैनन् । जारी विश्वकपमा उनीबाट यस्तै प्रदर्शनको अपेक्षा गरिपनि उनीबाट त्यो पूरा हुन सकेको छैन ।
१९९८ को विश्व कप विजेता फ्रान्सका ४७ वर्षीय पेटिटले क्रोएसियाविरुद्धको खेलमा टिममा आत्वविश्वास नदेखिएको र एक खेलाडीले अर्का खेलाडीलाई विश्वास नगरेको बताउदै अब पनि यस्तै भए अर्जेन्टिना समूह चरणबाटै घर फर्कने बताए ।
यस्तै पेटिटले अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले समूह चरणको दुवै खेलमा खेलाडी छनोटमा ठुलो गल्ती गरेको बताएका छन् । ‘हामी सबैलाई थाहा छ । अर्जेन्टिनाको अहिलेको टिममा विश्वस्तरका नाम चलेका खेलाडीहरुको साथ छ । तर, पनि अर्जेन्टिना गम्भीर देखिएको छैन ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]