7 years ago
June 23, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह जी अन्तर्गत बेल्जियमले ट्युनिसियालाई ५-२ ले हराएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुईदुई गोल गरे ।
खेलको छैठौं मिनेटमा आफैंले जितेको पेनाल्टी मार्फत गोल गर्दै हाजार्डले बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले पहिलो हाफमा एक गोल फर्काएको थियो ।
ट्युनिसियाका लागि डिलन ब्रोनले गोल गरेका थिए । तर लुकाकुले पहिलो हाफको अन्तिम समयमा फेरी गोल गर्दै स्कोर ३-१ पार्दै विश्वकप २०१८ मा आफ्नो चौथो गोल गरे ।
दोस्रो हाफमा हाजार्डले फेरी गोल गर्दै स्कोर ४-१ बनाए भने परिवर्तित खेलाडी मिची ब्याटसुवायीले इन्जुरी समयमा बेल्जियमको पांचौं गोल गरे । खेल सकिन केहि क्षण बाकिं छंदा ट्युनिसियाका वाबि खाज्रिले ट्युनिसियाका लागि सान्तवना गोल गरे ।
यससंगै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ भने रोमेलु लुकाकु ४ गोलसंगै गोल्डेन बुटको दौडमा रोनाल्डोसंगै उभिएका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]