default_image

7 years ago

June 23, 2018

मेक्सिकोको दोस्रो जित, छनोट हुन अझै कुर्न पर्ने

137 views

0 Bookmark

रोस्तोभ (एजेन्सी) – विश्वकप समूह ‘एफ’ अन्तर्गत तेस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले हराएको छ ।

मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । मेक्सिकोका लागि कार्लोस भेलाले गोल गर्न सफल भएका थिए । पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर जाभियर हर्नान्डेजले ६६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

खेलको इन्जुरी समयमा कोरियाका लागि हिउङ मिन सनले एक गोल फर्काउंदै सान्तवना गोल दिलाएका थिए । पहिलो खेल १-० ले जितेको मेक्सिकोको ६ अंक रहेको छ भने अघिल्लो खेल स्विडेन विरुद्ध १-० ले हारेको कोरिया अंकविहिन रहेको छ ।

केही बेरमा जर्मनी र स्विडेन मैदानमा भिड्ने छन् । सो खेलमा स्विडेनले जिते जर्मनी प्रतियोगिताबाट बाहिरिने छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.