7 years ago
June 24, 2018
निज्नी (एजेन्सी) – फिफा विश्वकप फुटबल अन्र्तगत आज समूह ‘जी’ दोस्रो चरणको खेलमा उपाधिको दावेदार इङ्ल्यान्डले विश्वकपको नवप्रवेशी पानामासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि निज्नी नोभोगोरोड स्टेडियममा हुनेछ ।
प्रतिभावान युवा खेलाडीहरुले भरिएको इङ्ल्यान्ड पानामाको चुनौती सहजै पार लगाउदै दोस्रो चरण पुग्ने लक्ष्यमा हुनेछ । इङ्ल्यान्डले नवप्रवेशी पानामालाई हराउन सके समूह चरणको अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान पक्का गर्नेछ । पानामा र ट्युनिसिया भने समूह चरणबाटै बाहिरिनेछन् । कप्तान ह्यारी केन उच्च लयमा रहेपनि इङ्ल्यान्ड अझै अन्तिम समयमा चुकिरहेको छ ।
फिनिसिङ लाइनमा चुकिरहेको इङ्ल्यान्डले पानामाविरुद्धको खेलमा यसलाई सुधार्नुपर्ने हुन्छ । शारीरिक रुपमा बलिया पानामालाई इङ्ल्यान्डले कमजोर आक्ने छैन । पानामाको रक्षापङ्ति बलियो भएपछि अग्रपङ्ति भने कमजोर नै छ । टिमलाई फिट हुन संघर्षरत डेल अली र रहिम स्टर्लिङको अभाव खड्किन सक्छ ।
तर, उनीहरुको स्थानमा रुबेन लोफटस र मार्को रासफोर्डले खेल्नेछन् । विश्वकप डेब्यू खेलमा राम्रो खेल्न नसेको पानामा दोस्रो खेलमा प्रदर्शन सुधार गर्ने योजनामा छ । पहिलो खेलमा पराजित भएको पानामा इङ्ल्यान्डसँग सचेत भएर खेल्नेछ । रक्षात्मक खेल्दै पानामा इङ्ल्यान्ड विरुद्ध गोल गर्ने लक्ष्यमा हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]