7 years ago
June 24, 2018
एक्तारिनवर्ग (एजेन्सी)– एसियाली राष्ट्र जापान रसिया विश्वकपको दोस्रो चरणको नजिक छ । समूह चरणको पहिलो खेलमा बलियो कोलम्बियामाथि सनसनीपूर्ण जित निकालेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको जापानले आज अफ्रिकी मुलुक सेनेगलको सामना गर्दै छ । खेल एक्तारिनवर्गको एरिनामा राति ८ः४५ बजेपछि हुनेछ ।
दुवै टोलीले पहिलो खेलमा जित हात पारेका कारण सकभर अंक नगुमाउने योजनामा खेल्नेछ । यस्तोमा दुवै टोलीले रक्षात्मक खेल्दै काउन्टर एट्याकमा बढी ध्यान दिदै सके ३ अंक नसके १ अंक खोस्ने दुवै टिमको योजना हुनेछ । दुवै टोलीले २००२ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जापान अन्तिमा १६ मा प्रवेश गर्दा सेनेगलले भने क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो ।
जापान २००२ मा आफंैले आयोजना गरेको प्रतियोगितामा बाहेक नकआउट चरणमा पुग्न सकेको छैन । अहिले जापानलाई दोस्रो चरण पुग्ने महत्ववपूर्ण अवसर छ । आइतबार हुने खेलमा सेनेगललाई पराजित गर्न सके जापान २००२ पछि पहिलोपटक दोस्रो चरण पुग्न सफल हुनेछ । सेनेगलसँग बराबरी खेलेको अवस्थामा पनि जापानको दोस्रो चरण प्रवेश गर्ने सम्भावना रहनेछ ।
हारले भने जापानको दोस्रो चरण पुग्ने सम्भावना न्यून बन्नेछ । जापानी प्रशिक्षक आकिरा निसिनोले पुराना र युवा खेलाडी समेटेर सन्तुलित टोली बनाएका छन् । उनले सेनेगलविरुद्धको खेलमा सुरुवाती लाइनअपमा कुनै खेलाडी परिवर्तन गर्नेछैनन् । जापानी प्रशिक्षक निसिनो एकिराले सेनेगलविरुद्ध टिम खेल खेल्दै सेनेगललाई पराजित गर्ने लक्ष्यमा रहेको बताए ।
यता, पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको सेनेगल पनि दोस्रो खेलमा जापानलाई निराश पार्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यमा हुनेछ । २००२ को विश्वकपको पहिलो खेलमा विश्वविजेता फ्रान्सलाई पराजित गरेको सेनेगलले जारी विश्वकपमा पनि बलियो पोल्यान्डलाई पराजित गर्दै अघिल्लो चरण नजिक छ । यी दुई टोली पहिलोपटक आमनेसमाने हुन लागेका हुन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]