7 years ago
June 25, 2018
मस्को (एजेन्सी)– रसियामा जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु आजबाट सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ‘ए’मा यसअघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेका रसिया र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो खेल समूह विजेताको टुंगो लाग्नेछ ।
२ खेलमा शत प्रतिशत नतिजा निकाल्दै दुवै टोलीको समान ६ अंक छ । गोलअन्तरमा भने रसिया निकै माथि रहेको छ । २ खेलमा ८ गोल गरेको रसियाले १ गोलको मात्र सामना गरेको छ । अर्को तिर उरुग्वे दुवै खेल समान १–० ले जितेको थियो । पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले हराएको रसियाले अर्को खेलमा इजिप्टलाई ३–१ ले पराजित गरेको थियो । दुवै खेल गुमाइसकेका इजिप्ट र साउदी अरेबियाले प्रतिष्ठाका लागि एकअर्काको सामना गर्नेछन् । समूह एका दुवै खेल नेपाली समय अनुसार राती ८ः ४५ बजे सुरु हुनेछन् ।
अर्कोतर्फ समूह बीमा भने त्रिकोणात्मक प्रतिस्पर्धा रहेको छ । शीर्षस्थानमा रहेको स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरानको ३ अंक छ । प्रतियोगिताबाट बाहिरिसकेको मोरोक्को अंक विहिन छ । यस्तमा अन्तिम खेलमा पोर्चुगलले इरानको सामना गर्नेछ । अर्को खेलमा स्पेन र मोरोक्कोबीच प्रतिस्पर्धा गर्नेछ । स्पेन र पोर्चुगलले अलग अलग खेलमा बराबरी गरे भने अन्तिम १६ मा स्थान बनाउनेछ ।
इरानलाई अघि बढ्नका लागि पोर्चुगललाई बराबरीमा रोक्ने सके पनि सम्भावना रहन्छ तर त्यसका लागि मोरोक्कोले स्पेनलाई हराउनुपर्दछ । स्पेनले मोरोक्कोलाई र इरानसँग आफु हारेको खण्डमा भने पोर्चुगल बाहिरिन सक्छ । समूह बीका दुवै खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ ।
पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको थियो । इरानले भने मोरोक्कोलाई १–० ले हराएको थियो । अन्य खेलमा पोर्चुगलले मोरोक्को तथा स्पेनले इरानलाई समान १–० ले पराजित गरेको थियो । अन्तिम १६ मा समूह एको विजेताले समूह बीको उपविजेता तथा समूह बीको विजेताले समूह एको उपविजेताको सामना गर्नेछ ।
विश्व कपमा आजका खेल
समूह ‘ए’
साउदी अरेबियाविरुद्ध इजिप्ट राती ८ः४५ बजे
उरुग्वेविरुद्ध रसिया ८ः४५ बजे
समूह ‘बी’
इरानविरुद्ध पोर्चुगल राती ११ः४५ बजे
स्पेनविरुद्ध मोरोक्को राती ११ः४५ बज
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]