7 years ago
June 25, 2018
मोर्डाेभियो (एजेन्सी)–दुई वर्षअघिको युरोकप विजेता पोर्चुगल रसिया विश्वकपको प्रि–क्वार्टरफाइनल नजिक छ । आधुनिक फुटबलका हस्ती क्रिष्टियानो रोनाल्डोको प्रेरणामा रहेको पोर्चुगल समूह चरणको अन्तिम खेलमा एसियाली प्रतिद्धन्द्धी इरानलाई पराजित गर्दै नकआउट चरण पुग्ने लक्ष्यमा हुनेछ ।
समूह ‘बी’ बाट तीन टोलीको अन्तिम १६ प्रवेश गर्ने सम्भावना जीवितै रहँदा पोर्चुगललाई बराबरी तथा इरानलाई अघिल्लो चरण प्रवेश गर्न जितको खाचो छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले टिम इरानविरुद्धको खेलको लागि तयार भएको बताएका छन् । उनले इरानविरुद्धको खेल जितकै लागि खेल्ने बताएका छन् । चोटग्रस्त बनेको मिडफिल्डर जाओ मौटिन्हो टिममा फर्कने विश्वास गरिएको छ ।
इतिहास हेर्ने हो भने पोर्चुगल इरानमाथि हावी छ । अहिलेसम्म यि दुई टोली दुईपटक आमनेसामने हुदा तीन खेलमा पोर्चुगलले बाजी मारेको छ । १९७२ मा ब्राजिलमा भएको इन्डिपेन्डेन्ट कपमा पोर्चुगलले इरानलाई ३–० ले पराजित गरेको थियो । त्यसयता २००६ को विश्वकपको समूह चरणका पोर्चुगल २–० ले विजयी भएको थियो । यता यो खेलमा जित हात पारे इरानले इतिहास बनाउनेछ ।
अन्तिम १६ मा प्रवेश गर्न सफल भए इरान पहिलोपटक नकआउट चरणमा प्रवेश गर्नेछ । जुन इरानी फुटबलको लागि ऐतिहासिक हुनेछ । यसका लागि इरानले कडा मेहनत गर्नुपर्नेछ । स्पेनजस्तो बलियो टोलीलाई कडा चुनौती दिएको इरानले सोही प्रदर्शनलाई पोर्चुगलविरुद्धको खेलमा पनि निरन्तरता दिने योजनामा हुनेछ ।
यही समुहमा उपाधिको दावेदार स्पेनले प्रतियोगिताबाट बाहिरिएको मोरक्कोको सामना गर्नेछ । खेल रति ११ः४५ बजेपछि हुनेछ । स्पेन मोरक्कोमाथिको खेलमा हावी हुने आँकलन गरिएको छ । यो खेलमा जित हात पारे स्पेन समूह विजेताको रुपमा अघि बढ्नेछ । पराजित भएको खण्डमा भने अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
यता, समूह चरणबाट बाहिरिएपनि मोरक्को अन्तिम खेलमा स्पेनलाई रोक्दै अंक बटुलेर घर फर्कने योजनामा हुनेछ । समूहमा स्पेन र पोर्चुगलको समान ४ अंक रहेको छ । ३ अंकसहित इरान तेस्रो तथा अंक जोड्न नसकेको मोरक्को चौथो स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]