7 years ago
June 25, 2018
मस्को (एजेन्सी)– फ्रान्सलाई विश्व कप दिलाउन प्रतिबद्ध रहेका मिडफिल्डर पाउल पोग्बाले यो उनको अन्तिम विश्व कप हुन सक्ने बताएका छन् । फ्रान्सेली टोलीमा पर्नका लागि तीब्र प्रतिस्पर्धा हुने तर्फ संकेत गर्दै उनले भने, ‘अन्य खेलाडी म भन्दा उत्कृष्ट देखिए भने भविष्यमा म टोलीमा नपर्न सक्छु ।’
विश्वका उत्कृष्ट मिडफिल्डर मध्येका एक म्यानचेस्टर युनाइटेडका पोग्बाले रसिया विश्व कपमा टोलीका लागि प्रभावशाली प्रदर्शन गरिरहेका छन् । समूह चरणको अस्ट्रेलियाविरुद्धको पहिलो खेलमा २–१ जित उनकै कारण सम्भव भएको थियो ।
विश्व कपलाई उत्साहपूर्वक लिइरहेका पोग्बाले यसलाई आफ्नो सम्भावित अन्तिम विश्व कप मानेछन् । ‘सम्भवत यो अन्तिम विश्व कप हुन सक्दछ । म यथार्थमा विश्वास गर्छु । भविष्यमा हामी पर्छौ पर्दैनौं भन्न सकिन्न,’ आइतबार पत्रकार सम्मेलनमा उनले भने , ‘सायद म भन्दा उत्कृष्ट खेलाडी आउन सक्छन् । मलाई लाग्छ मैले धेरै प्रतियोगिता खेले । कतिपयले एकपटक विश्वकप खेल्ने सपना देखेका हुन्छन् । मैले त दुई पटक खेलिसके ।’
विश्व कपको समूह सीमा रहेको फ्रान्सले समूह विजेताका लागि डेनमार्कसँग बराबरी पनि पर्याप्त रहनेछ । समूह सीको विजेता बनेमा प्रान्सले समूह डीको उपविजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]