default_image

7 years ago

June 26, 2018

अर्जेन्टिनालाई अन्तिम मौका, मेस्सीले जादु गर्लान् ?

100 views

0 Bookmark

पिटर्सबर्ग (एजेन्सी) – उपाधिको दाबेदारका रुपमा हेरिएको दक्षिण अमेरिकी टोली अर्जेन्टिना रूसमा जारी फिफा विश्वकप फुटबलमा राम्रो सुरुवात गर्न सकेन । दुई खेलको समाप्तीमा टोली समूह चरणबाटै बाहरिने खतरामा छ । यस्तो परिस्थितिमा समूह चरण पार गर्नको लागि ‘गर या मर’ को अवस्थामा छ ।

पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले निरिह बन्न पुगेको थियो । पहिलो खेलमा बराबरी र दोस्रो खेलमा बेहोरेको हारले अर्जेन्टिना समूह ‘डी’ मा एक अंक जोडेर पुछारमा छ । अर्जेन्टिनाको समूह चरण पार गर्ने सम्भावना निकै न्यून बनेको थियो । तर, नाइजेरियाले आइसल्याण्डलाई हराएपछि अर्जे्न्टिनाको दोस्रो चरण पुग्ने आशा भने पलाएको थियो ।

यही अवस्थामा अर्जेन्टिनाले मंगलबार राति सेन्ट पिटर्सवर्गमा अफ्रिकी प्रतिद्धन्द्धी नाइजेरियासँग राति ११ः४५ बजे खेल्दैछ । अर्को चरणमा स्थान सुरक्षित गर्न अर्जे्न्टिनालाई समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध निश्चित जित निकालेर मात्रै पुग्दैन समूहको अर्को खेलमो नतिजामा पनि भर पर्नुपर्ने छ । अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरे तथा क्रोएसियाले आइसल्यान्डलाई पराजित गरे या बराबरीमा रोके अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्नेछ ।

अर्जे्न्टिनाले नाइजेरियामाथि र आइसल्यान्डले क्रोएसियामाथि जित हात पारे गोल अन्तरको आधारमा एक टोली अघि बढ्नेछ । नाइजेरियासँग पराजित भएको खण्डमा भने अर्जे्न्टिना समूह चरणबाटै बाहिरिनेछ । समूह चरणको अर्काे खेलमा क्रोएसियाले नाइजेरियाको सामना गर्दैछ । पछिल्लो तथ्याङ्क हेर्दा अर्जे्न्टिना नाइजेरियामाथि क्लीनसिटको अवस्थामा छ । यसअघिका सबै चार भेटमा अर्जे्न्टिनाले नाइजेरियालाई पराजित गरेको इतिहास छ ।

अर्जे्न्टिनाले १९९४ को विश्वकपमा २–१ को जित निकालेको थियो । २००२ र २०१० को विश्वकपमा समान १–० को जित निकालेको अर्जे्न्टिनाले २०१४ को विश्वकपमा भने अर्जे्न्टिनाले ३–२ को कठिन जित निकालेको थियो । अर्जे्न्टिना यही प्रदर्शनलाई दोहोराउदै विश्वकपमा पाँचौपटक नाइजेरियालाई पराजित गर्दै समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ । तर, रसिया विश्वकपमा अर्जे्न्टिनाले नाम अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन ।

टिममा स्टार खेलाडीहरुको जमघट रहेपनि अर्जे्न्टिना थकित र जित्न नसकिने खालको प्रदर्शन गरिरहेको छ । समूह चरणबाट अघि बढ्न अर्जे्न्टिनाले नाइजेरियामाथि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । क्लब फुटबलमा सबैखाले उपलब्धि हात पारेका अर्जे्न्टिनाका कप्तान लियोनेल मेस्सीको जादु रसिया विश्वकपमा चल्न सकेको छैन । दक्षिण अमेरिकी विश्वकप छनोटमा कठिन संघर्ष गर्दै अन्तिम खेलबाटै अर्जे्न्टिनाले विश्वकपमा स्थान बनाएको थियो ।

इक्वेडरविरुद्धको खेलमा मेस्सीकै ह्याट्रिकमा अर्जे्न्टिना अघि बढेको थियो । अर्जे्न्टिनाका उपकप्तान जेभियर मस्चेरानोले टिम अहिले कठिन स्थितिमा रहेको स्वीकार गर्दै नाइजेरियाविरुद्धको खेलमा जितकै लागि खेल्ने बताए । ‘हामीले अघिल्ला खेलमा के ग¥यौं । अब त्यसलाई भुलेर हामी अघि बढ्नुपर्छ । हामी नाइजेरियाविरुद्धको खेलमा केन्द्रित भएका छौं ’ उपकप्तान मस्चेरानोले भने, ‘हामीलाई समूह चरणबाट अघि बढ्नको लागि जितबाहेकको विकल्प छैन । नाइजेरियाविरुद्धको खेलमा सम्पूर्ण शक्ति लगाएर खेल्नेछौं । आशा छ हामी नकआउट चरणमा पुग्न सफल हुनेछौं ।

यता, नकआउट चरणनजिक रहेको नाइजेरिया अर्जे्न्टिनालाई रोक्दै पाँचौपटक अन्तिम १६ मा पुग्ने योजनामा हुनेछ । नाइजेरियालाई अर्जे्न्टिनाविरुद्धको खेलमा बराबरी गरेपनि दोस्रो चरण पुग्न पर्याप्त हुनेछ । त्यसैले नाइजेरियाले अर्जे्न्टिनाविरुद्ध रक्षात्मक खेल्दै तीन अंक नगुमाउने योजनामा खेल्नेछ । युवा खेलाडी मुसाको उच्च प्रदर्शन पनि अर्जे्न्टिनाको लागि बाधक बन्न सक्छ । उनले अर्जे्न्टिनाविरुद्धको खेल रोमाञ्चक हुने र यो आफ्नो टिमको लागि ‘गर या मर’ को अवस्थामा रहेको पनि बताएका छन् ।

नाइजेरियाका प्रशिक्षक जर्नटले अर्जे्न्टिनाविरुद्धको खेल सोचेभन्दा पनि कठिन हुने बताएका छन् । ‘हामी बराबरीले पनि अर्काे चरणमा प्रवेश गर्न सक्छौं । तर, अर्जे्न्टिनाले जितकै लागि खेल्नेछ । उनीहरु हामी भन्दा बलियो टिम हो । तर, हामी पनि कमजोर छैनौ । हामी अर्जे्न्टिनालाई रोक्ने प्रयासमा हुनेछौं ।’ प्रशिक्षक जर्नटले भने । यही समूहमा अन्तिम १६ मा प्रवेश गरिसकेको क्रोएसियाले आइसल्याण्डको सामना गर्नेछ ।

खेल रोस्टोभ अन डनमा राति ११ः४५ बजेपछि हुनेछ । क्रोएसिया शतप्रतिशत जितको खोजीमा रहँदा आइसल्यान्ड क्रोएसियालाई स्तब्ध पार्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा अर्जे्न्टिनामाथि सनसनीपुर्ण प्रदर्शन गरेको आइल्यान्डले नाइजेरियाविरुद्धको खेलमा भने खुलेर खेल्नै सकेन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.