7 years ago
June 26, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग १-० को अग्रता लिएको छ ।
पेरुका लागि खेलको १८ औं मिनेटमा आन्द्रे कारिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । सो गोल पेरुको विश्वकपमा पहिलो गोल पनि हो । छनोट हुनका लागि आज अष्ट्रेलियालाई जित्नै पर्ने हुन्छ भने डेनमार्क पनि फ्रान्ससंग हार्नु पर्ने हुन्छ । तर अर्को खेलमा पनि अष्ट्रेलियाका लागि अनुकुल नतिजा आएको छैन ।
पहिलो हाफको अन्त्यसम्म फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् । फ्रान्सले दुवै खेल जित्दै ६ अंक बटुल्न सफल भएको छ भने डेनमार्कको ४ र अष्ट्रेलियाको १ अंक रहेको छ । पेरु भने अंकविहीन रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]