7 years ago
June 27, 2018
कजान (एजेन्सी)– साविक विजेता जर्मनीलाई रसिया विश्व कपको नकआउट चरणमा पुग्न समूह चरणको अन्तिम खेलको नतिजा नै कुर्नुपर्ला भन्ने कमैको मात्र अनुमान रहेको हुन सक्छ । तर, समूह ‘एफ’ मा रहेको जर्मनी पहिलो खेलमै मेक्सिकोसँग १–० ले स्तब्ध भएपछि जर्मनीको दोस्रो चरण प्रवेशको सम्भावना न्युन बन्न पुगेको थियो ।
दोस्रो खेलम स्वीडेनमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेपछि विजेता जर्मनी फेरि लामो यात्रामा फर्किएको अनुमान गरिएकोछ । इन्जुरी समयमा टोनी क्रुसले गोल नगरेको भए जर्मनी समूह चरणबाट नै घर फर्किने थियो । क्रुसले जर्मनीको उद्धार नै गरे ।
३ अंक जाडेको जर्मनीले बुधबार राति एसियाली प्रतिद्धन्द्धी दक्षिण कोरियाको सामना गर्दैछ । खेल कजान एरिनामा नेपाल समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । अघिल्लो चरण प्रवेशको लागि जर्मनीले दक्षिण कोरियामाथि जित निकालेर मात्र पुग्दैन । अर्को खेलको नतिजाले पनि टोलीको अघिल्लो चरणको यात्रामा प्रभाव पार्नेछ ।
किनभने जर्मनी र दक्षिण कोरिया कजानमा प्रतिस्पर्धा गरिरहँदा सोही समयमा दोस्रो चरण नजिक रहेको मेक्सिको र स्वीडेनले खेल्नेछन् । यता, जर्मनी विजयी हुने र उता स्वीडेन विजयी भए गोल अन्तरको आधारमा एक टोली अघि बढ्नेछ । शीर्ष स्थानको मेक्सिकोको ६ अंक छ भने जर्मनी र स्वीडेनको समान ३ अंक छ । दक्षिण कोरिया अंक बिहिन छ ।
यस्तो अवस्थामा जर्मनी दक्षिण कोरियाविरुद्ध निश्चित जितकै लागि खेल्ने पक्का छ । यसअघिका दुवै खेलमा बलमा पकड बनाएर पनि जर्मनी फिनिसिङमा चुकिरहेको थियो । दक्षिण कोरियाविरुद्धको खेलमा फिनिसिङ समस्या सुधार गरे जर्मनी विजयी हुने पक्का छ ।
जर्मनीसँग विशवस्तरका थोमस मुलर, टोनी क्रुस, मेसुट ओजिल र मार्को रिउसजस्ता खेलाडीहरु छन् । तर, टिमलाई डिफेन्डर जेरेमी बोयटेङको अभाव खड्किन सक्छ । बोयटेङ अघिल्ला खेलमा रातो कार्ड पाएका कारण प्रतिबन्धमा रहनेछन् ।
यता, जर्मनीलाई स्तब्ध पार्दै दक्षिण कोरियाले अघिल्लो चरण प्रवेश गर्ने झिनो आशालाई जीवितै राख्ने योजनामा हुनेछ । समूहमा अंक जोड्न नसकेको कोरिया जर्मनीविरुद्धको खेलमा ३ अंक जोडेर समूह उपविजेता बनेर अघि बढ्न सक्छ । यसका लागि जर्मनीलाई भारी गोल अन्तरले तथा मेक्सिकोले स्वीडेनलाई पराजित गर्नुपर्ने हुन्छ । जुन असम्भव जस्तै छ । त्यसका लागि कोरियाले जर्मनीलाई कडा चुनौती दिनुपर्ने हुन्छ ।
जर्मनी र कोरिया अहिलेसम्म तीनपटक आमने समाने भएका छन् । जसमा दुई खेल जर्मनीले आफ्नो पक्षमा पार्दा एक खेल कोरियाले जित्न सफल भएको छ । १९९४ को विश्वकपमा जर्मनीले कोरियामाथि ३–२ को जित निकालेको थियो ।
२००२ को विश्वकपमा १–० को जित निकालेको जर्मनी २००४ को मैत्रीपूर्ण खेलमा कोरियासँग ३–१ ले पराजित भएको थियो । अहिले अवस्था फेरिएको छ। जर्मनी बलियो देखिएको छ भने कोरिया केही कमजोर देखिएपनि खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]