7 years ago
June 27, 2018
काजान (एजेन्सी)- – विश्व कप समूह एफका दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एउटा खेलमा एसियाली मुलुक दक्षिण कोरिया र साविक विजेता जर्मनीबीच प्रतिस्पर्धा भइरहेको छ । अर्को खेलमा मेक्सिकोले स्वीडेनको सामना गरिरहेको छ ।
दुवै खेल गोलरहित बराबरीमा टुंगिएको खण्डमा मेक्सिको समूहको विजेता र जर्मनी उपविजेताका रुपमा नकआउट चरणमा पुग्नेछन् । यदि त्यो भन्दा फरक नतिा आएमा भने समिकरण बदलिन सक्छ ।
पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएपछि साविक विजेता दबाबमा परेको थियो । तर, पछिल्लो खेलको अन्तिम समयमा गोल गर्दै स्वीडेनलाई २–१ ले हराउँदै जर्मनी विश्व कपमा फर्केको थियो । अन्य खेलमा स्वीडेनले कोरियालाई १–० ले हराएको थियो भने मेक्सिकोले स्वीडनेलाई २–१ ले हराएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]