7 years ago
June 27, 2018
काजान (एजेन्सी)– लगातार तेस्रो पटक साविक विजेता टोली विश्व कपको समूह चरणबाट बाहिरएको छ । साविक विजेता जर्मनी बुधबार रसियामा जारी विश्व कपबाट बाहिरिएकोछ । चार वर्षअघि ब्राजिलमा अर्जेन्टिनालाई फाइनलमा १–० ले हराउँदै जर्मनीले विश्व कप उपाधि उचालेको थियो ।
यसपटक समूह चरणको पहिलो खेलमा मक्सिकोसँग १–० ले पराजित जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग बुधबार २–० ले स्तब्ध भएको थियो । जर्मनीले दोस्रो खेलमा भने स्विडेनविरुद्ध २–१ को सघर्षपूर्ण जित हासिल गरेको थियो ।
जोचिम लोको टोली समूह एफमा पुछारमा रहँदै यसपटकको विश्व कपको समूह चरणको अन्त्य गरेको छ । समूहबाट आश्चार्यजनक रुपमा स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका छन् । स्विडेनले बुधबार नै मेक्सिकोलाई ३–० ले हराएको थियो । समूहमा स्विडेन र मेक्सिकोले समान ६ अंक जोडे । विश्व कपबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक रह्यो ।
यसअघि इटाली र स्पेन पनि विजेताका रुपमा विश्व कप पुगेर समूह चरणबाटै बाहिरिएका थिए । सन् २००६ विजेता २०१० को विश्व कपमा समूह चरणको पुछारमा रहेको थियो । त्यस्तै २०१० को विजेता स्पेन पनि चार वर्षपछि ब्राजिल पुगेर नकआउट चरण पुग्न सकेन । सन् १९९८ को विजेता फ्रान्स पनि लगत्तैको विश्व कपको समूह चरणबाटै बाहिरिएको थियो ।
यसको अर्थ च्याम्पियन टोलीका लागि उपाधि रक्षा मात्र होइन पहिलो चरणबाट अघि बढ्न नै चुनौतिपूर्ण हुने गरेको छ । पछिल्लो पाँच मध्ये चार विश्व कपको इतिहासले यहि विषयलाई प्रमाणित गरेको छ । पछिल्ला पाँच विश्व कपमध्ये सन् २००२ को विजेता ब्राजिल मात्र चार वर्षपछिको विश्व कपको क्वार्टरफाइनलमा पुगेको थियो ।
सन् १९३८ यताको विश्व कपमा जर्मनीको यो सबैभन्दा कमजोर प्रदर्शन हो । जहाँ टोली पहिलो चरणबाटै घर फर्केको छ । १९३८ यता पहिलो पटक टोली नकआउट चरणमा पुग्न असफल भएको छ । २००२ को उपविजेता जर्मनी २००६ र २०१० को विश्व कपमा तेस्रो भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]