default_image

7 years ago

June 28, 2018

पहिलो हाफमा ब्राजिल र स्विट्जरल्यान्डको अग्रता

181 views

0 Bookmark

मस्को (एजेन्सी)– विश्व कप समूह ‘इ’का अन्तिम दुई अलग अलग खेलको पहिलो हाफमा ब्राजिल र स्विट्जरल्यान्डले अग्रता लिएको छ । ब्राजिलले सर्बिया र स्विट्जरल्यान्डले प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकाविरुद्ध समान १–० को अग्रता लिएको छ ।

यहि अवस्थामा खेलको समाप्ती भएमा ब्राजिल समूह विजेता र स्विट्जरल्यान्ड उपविजेताका रुपमा नकआउट चरणमा पुग्नेछन् । सर्बियाले अघि बढ्न ब्राजिललाई हराउनुपर्ने छ भने ब्राजिलले बराबरीमा रोके पुग्नेछ ।

ब्राजिलले पाउलिन्होको गोलबाट ३६ औं मिनेटमा अग्रता लिएको थियो । विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै पाउलिन्होले गोल गरेका हुन् । अर्को खेलमा ब्लिरिम डिजेमेलीको गोलमा स्विट्जरल्यान्डले अग्रता बनाएको थियो । दुई खेलको समाप्तीमा ब्राजिल र स्विट्जरल्यान्डको समान ४ अंक, सर्बियाको ३ र कोस्टा रिका अंक बिहिन थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.