default_image

7 years ago

July 3, 2018

विश्व कपका अन्तिम २ प्रिक्वार्टरफाइनल आज – इङ्ल्यान्डको परिक्षा

150 views

0 Bookmark

मस्को (एजेन्सी)– रसिया विश्व कपमा आज हुने दुई खेलपछि प्रिक्वार्टरफाइनलका खेल सकिनेछन् । अहिले सम्म भएका ६ वटा नकआउट खेल सकिदा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र  बेल्जियम  क्वार्टरफाइनल पुगेका छन् ।

 

अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको जापानअन्तिम १६ बाट बाहिरिएका छन् । आज हुने खेल यी हुन् ।

 

विश्व कपमा आजका अन्तिम २ प्रिक्वार्टरफाइनल

-स्विडेनविरुद्ध स्विट्जरल्यान्ड साँझ ७ः४५ बजे
-कोलम्बियाविरुद्ध इङ्ल्यान्ड राती ११ः४५ बजे

यस्तो थियो समूह चरण

स्विडेनविरुद्ध स्विट्जरल्यान्ड
स्विडेन समूह एफको विजेताका रुपमा नकआउट चरणमा पुगेको टोली हो । दक्षिण कोरियालाई १–० ले हराउँदै विश्व कपको यात्रा सुरु गरेको स्विडेन अर्को खेलमा साविक विजेता जर्मनीसँग २–१ ले पराजित भएको थियो । तर समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै टोली समूह विजेता बन्न सफल भएको थियो ।

ब्राजिल विजेता बनेको इ समूहबाट उपविजेतका रुपमा स्विट्जरल्यान्ड अघि बढेको थियो । पहिलो खेलमा ब्राजिललाई १–१ मा रोक्दै राम्रो सुरुवात गरेको स्विट्जल्यान्डले सर्बियालाई २–१ ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा २–२ को बराबरीमा रोकिएपनि टोली ५ अंकसहित नकआउट चरणमा पुगेको हो ।

कोलम्बियाविरुद्ध इङ्ल्यान्ड
कोलम्बिया समूह एचको विजेताका रुपमा अघि बढेको हो । यद्दपी टोलीले समूह चरणको खेलमा सेनेगललाई १–० ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको थियो । पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध भएको कोलम्बियाले त्यसपछि पोल्यान्डलाई ३–० र सेनेनललाई १–० हराएर आफुलाई समूहको उत्कृष्ट टोलीका रुपमा उभ्याएको थियो ।

समूह जीको उपविजेताका रुपमा अघि बढेको इङ्ल्यान्डले दमदार रुपमा यसपटकको विश्व कपको सुरुवात गरेको थियो । सुरुवाती दुई खेलमा ट्युनेसियालाई २–१ र पानामालाई ६–१ ले हराएको इङ्ल्यान्ड बेल्जियमसँगको खेलमा भने पराजित भएको थियो । टोलीका लागि कप्तान ह्यारी केनले ५ गोल गरिसकेका छन् । जुन यस विश्व कपमा अहिले सम्म उच्च गोल हो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.