default_image

7 years ago

July 3, 2018

जापानविरुद्ध बेल्जियम खेलमा फर्कियो, २–२ को बराबरी

121 views

0 Bookmark

रोस्टोभ (एजेन्सी) – पाँच मिनेटको फरकमा २ गोल गर्दै रसियामा जारी विश्व कप फुटबलको छैटौं प्रिक्वार्टरफाइनलमा जापानविरुद्ध बेल्जियमले खेलमा फर्केको छ । रोर्बेटो फिलानीले ७४ औं मिनेटमा गोल गरेसँगै खेल २–२ को बराबरीमा पुगेको हो ।

परिवर्तित खेलाडी फेलानीले हेडमार्फत गोल गरेका थिए । त्यसअघि ६९ औं मिनेटमा जान भेर्टोघेनले हेडमार्फत गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोशिस गरेका छन् । पहिलो हाफमा बेल्जियमले खेलमा पकड जमाएपछि दोस्रो हाफ भने निकै रामाञ्चक रुपमा अघि बढेको छ ।

दोस्रो हाफ सुरु भएको सात मिनेट भित्र बेल्जियमविरुद्धको विश्व कप प्रिक्वार्टरफाइनलमा जापानले २–० को अग्रता लिएको थियो । जापानका लागि पहिलो गोल गेन्की हारागुचीले ४८ औं मिनेटमा गरेका थिए ।

लगत्तै बेल्जियमले गोल फर्काउने मौका पाएको थियो । तर, सफल हुन सकेन । कप्तान इडेन हाजार्डका प्रहार पोष्टमा लागेर फर्केको थियो । दबाबमा परेको बेल्जियमविरुद्ध ताकासी इन्युले ५२ औं मिनेटमा अर्को गोल थपेका थिए । यो खेलको विजेताले ब्राजिलसँग क्वार्टरफाइनल खेल्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.