7 years ago
July 16, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस क्लब रियाल म्याड्रिडका पूर्व अध्यक्ष रमन काल्डेरोनले आफ्ना सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेचेर क्लबले ऐतिहासिक भुल गरेको बताएका छन् ।
‘रोनाल्डो जस्तो सुपरस्टार खेलाडीलाई यति सहजै बेच्नु एकदमै खराव निर्णय हो । उनलाई क्लबले कम्तीमा पनि अझै आफ्नो सम्झौता २०२१ सम्म क्लबमै राख्नुपर्ने थियो ’ काल्डेरोनले अन्र्तवार्तामा भने, ‘रोनाल्डोलाई एकदमै साधारण तरिकाले बेचियो । २००९ मा म्यानचेस्टर युनाइटेडले पनि उनलाई बेच्न चाहेको थिएन । तर, उनलाई कीर्तिमानी मुल्यमा किन्न सफल भयौं । एकै सिजन ६० गोलसम्म गर्न सक्ने क्षमता भएका रोनाल्डोलाई अहिले १ सय मिलियन पाउण्डमा बेचिनु ऐतिहासिक भुल हो ।’
‘रोनाल्डोलाई १०० मिलियन या विलियनमा बेच्नु रियालका राम्रो समाचार हैन । तर, यो सत्य हो कि यस्ता निर्णयले क्लब र खेलाडीलाई नै हतोत्साहित गर्दछ । त्यही समयमा त्यहा कुनै खेलाडी हुनेछैन । त्यसैले यो रियालको गम्भीर र ऐतिहासिक त्रुटि नै हो ।’ काल्डेरोनले थपे ।
पाँच पटकको बालोन डि’ ओर विजेता रोनाल्डोलाई आजै युभेन्टस्ले टुरिनमा सार्वजनिक गरेको छ । रोनाल्डो कै उच्च प्रदर्शनमा रियालले लगातार लगातार तीनपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो । रियालको सर्वाधिक गोलकर्ता समेत रहेका रोनाल्डोले गत सिजन सबै प्रतिस्पर्धामा ४४ गोल गर्न सफल भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]