7 years ago
July 17, 2018
टुरिन (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सोमबार युभेन्ट्सका खेलाडीका रुपमा सार्वजनिक भएका छन् । आइतबार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटमा टुरिन पुगेका रियल म्याड्रिडका पूर्व फरवार्डले सोमबार दिउँसो स्वास्थ परिक्षण गरेका थिए । साँझ नयाँ क्लब युभेन्ट्सको जर्सीका साथ उनी पत्रकार सम्मेलनमा उपस्थित भए ।
१ सय मिलियन पाउन्डमा सरुवा भएका रोनाल्डो अझै माथिल्लो स्तरको प्रदर्शनका लागि आफु युभेन्ट्स आएको बताए । उनले चार वर्षको लागि सम्झौता गरेका छन् । ‘मलाई रियल छोड्दा कुनै दुःख लागेको छैन । म यहाँ चुनौतिका लागि आएको हु,’ उनले भने, ‘मेरो उमेरका खेलाडी चीन वा अन्य जान्छ । तर, युभेन्ट्सले मलाई यो मौका दिएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’
उनले आफु स्तरीय खेलाडी भएको देखाउन प्रयास गर्ने पनि बताए । ‘म कडा मेहनत गर्छु । मेरो तथ्याङ तपाईहरुलाई थाहा छ । म महत्वकांक्षी छु । मलाई सहज क्षेत्र चाहिएको छैन,’ उनले थपे, ‘म्यानचेस्टर युनाइटेड र रियल पछि युभेन्ट्समा इतिहास बनाउन आएको छु । युनाइटेड र रियमा हुँदा जस्तो बालोन डी ओर जित्न कठिन होला । तर म स्तरीय हुन चाहन्छु । के थाहा सबै चिज सहि भयो भने म फेरि पनि जित्न सक्छु ।’
चार वर्षको बसाईमा युभेन्ट्सलाई के दिन्छौं भन्ने प्रश्नको जवाफमा रोनाल्डोले भने, ‘युभेन्ट्सले धेरै सफलता हासिल गरेको छ । घरेलु कप र सिरिए जितेको छ । च्याम्पियन्स लिग फाइनल पुगेको छ । मलाई उनीहरुले चाहे त्यसमा गर्व छ । म मैदानमा उत्कृष्ट गर्न सक्छु भन्ने विश्वास छ । म कोशिस गर्नुछु । मलाई आशा छ क्लबलाई अझै माथि पुराउन मद्दत गर्नुछु ।’
रियलसँगको ९ वर्ष लामो सुखद यात्राको अन्त्य गर्दै रोनाल्डो इटाली पुगेका हुन् । रोनाल्डोले युभेन्ट्समा पनि ७ नम्बर जर्सी नै लगाउनेछन् । २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल पुगेका रोनाल्डो त्यहाँ सर्वाधिक गोलकर्ताका रुपमा क्लबबाट बाहिरिएका छन् । उनले रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् । पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डो सम्मिलित रियलले ४ च्याम्पियन्स लिगसहित १६ उपाधि जितेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]