default_image

7 years ago

July 17, 2018

‘म र मेस्सीमा को उत्कृष्ट भन्ने खेल जीवनको अन्त्यमा तुलना गरौं’ – रोनाल्डो

124 views

0 Bookmark

टुरिन (एजेन्सी)– पोर्चुगल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले आफु र अर्जेन्टिनाका स्टार लियोन मेस्सीसँग को उत्कृष्ट भन्ने खेल जीवनको अन्त्यमा मात्र निर्णय हुँदा उपयुक्त हुने बताएका छन् ।

युभेन्ट्समा सोमबार औपचारिक रुपमा सर्वाजनिक गर्दा सञ्चारकर्मीले सोधेको जवाफमा उनले मेस्सीसँगको प्रतिस्पर्धाका विषयमा जोगिएर जवाफ दिएका थिए । रियल म्याड्रिडमा ९ वर्ष लामो र सफल यात्राको अन्त्य गर्दै रोनाल्डो युभेन्ट्समा चार वर्षका लागि आबद्ध भएका छन् । उनी सम्मिलित रियलले ४ च्याम्पियन्स लिग र २ ला लिगा उपाधि जितेको थियो ।

मेस्सी र रोनाल्डोबीच सधै को उत्कृष्ट खेलाडी भनेर तुलना हुँदै आएको छ । रोनाल्डो सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल पुगेपछि उनीहरु दुईबीचको प्रतिद्वन्द्विता थप चुलाउने प्रयास भएको थियो । उनले मेस्सीसँगको प्रतिस्पर्धा विषयमा बचेर जवाफ दिने क्रममा खेल जीवनको अन्त्यमा तुलना हुँदा सहि हुने बताएका छन् ।

ronaldo messi

‘म खेलाडीलाई प्रतिद्वन्द्विका रुपमा हेर्दैन । निश्चित हो हामी सबै खेल जित्न चाहन्छौं,’ रोनाल्डोले भने,‘त्यो ठूलो चुनौति हो । हरेकले जति सक्दो राम्रो खेल्ने र उत्कृष्ट हुने प्रयास गर्दछन् । त्यो साच्चै चाखलाग्दो प्रतिस्पर्धा हो ।’

उनले मेस्सीसँग पटक पटक हुने तुलनाका बारेमा भने,‘ हरेकले मेरो र मेस्सीको प्रतिद्वन्द्विताको कुरा गरिरहेका हुन्छन् । तर हामी आ आफ्नो खेल खेलिरहेका हुन्छौं । हरेकले आफ्नो क्लबका लागि खेल्छन् र म पनि त्यहि गर्छु । खेल जीवनको अन्त्यमा हामीमा को उत्कृष्ट हुन्छ हेरौं ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.